हामीसँग जोडिनुहोस

कुलमान घिसिङले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दै

1 मिनेट

काठमाडौं : २८ कार्तिक

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् । घिसिङले नेपाल विद्युत् प्राधिकरणको सभाहलमा दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।घिसिङले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा उद्योगीसँग बक्यौता रकम उठाउनुपर्ने अडान लिँदै आएका थिए ।

उनले बक्यौता नबुझाउने उद्योगीको लाइन समेत काटेका थिए ।महसुल भुक्तानी नगरेपछि प्राधिकरणले कार्तिक ८ गते ३४ ठुला उद्योगको लाइन काटेको थियो । त्यसमध्ये ६ उद्योगले किस्तामा महसुल बुझाउन थालेपछि प्राधिकरणले यसअघि नै लाइन जोडिसकेको थियो।यसैबिच मन्त्रिपरिषद् र प्राधिकरणको बोर्ड बैठकले लाइन जोड्ने निर्णय गरेपछि प्राधिकरणले उद्योगहरूमा लाइन जोड्न सुरु गरेको छ । निर्णयसँगै प्राधिकरणले मातहतका कार्यालयहरूलाई लाइन जोड्न पत्राचार गरेको थियो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।