काठमाडौँ,२८ कार्तिक ।
नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विद्युत प्रयोग गरेबापतको बक्यौता महसुल उद्योगीले १५ दिनभित्र नतिरे फेरि लाइन काट्ने बताएका छन्।
बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले सरकारको निर्णय बमोजिम अहिले लाइन जोडिएको बताए।’उनले अब यो विषय प्राधिकरण र सरकारको मात्र नभइ आम जनचासोको विषय बन्नुपर्ने बताए।
बक्यौता तिर्नको लागि २८ किस्ताको सुविधा दिइएको भन्दै घिसिङले एउटा मात्रै किस्ता तिरेका उद्योगको पनि लाइन नकाटिएको बताए। उनले अहिले १४ उद्योगले यस्तो सुविधा उपभोग गरिरहेको पनि जानकारी दिए।
मन्त्रिपरिषद्को निर्णय र निर्देशनसँगै प्राधिकरणले सबै उद्योगको लाइन जोडिसकेको छ।