हामीसँग जोडिनुहोस

अमेरिकी राष्ट्रपति बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबीच भेटवार्ता

1 मिनेट

कात्तिक २९,  एजेन्सीँ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । गएराति ह्वाइटहाउसमा बाइडेन र ट्रम्पबीच भेटवार्ता भएको हो ।भेटवार्तामा सत्ता हस्तान्तरण र यसको प्रक्रियाको बारेमा छलफल भएको बीबीसीले जनाएको छ ।

अमेरिकी राजनीतिमा चुनावपछि वर्तमान राष्ट्रपति र नयाँ निर्वाचित राष्ट्रपतिबीच औपचारिक रुपमा भेट गर्ने परम्परा रहँदै आएको छ ।

यो भेटमा ट्रम्प आफ्नो नयाँ टिमसहित ह्वाइटहाउस पुग्नुभएको थियो । बाइडेनले ट्रम्पलाई ह्वाइटहाउसमा स्वागत गर्दै सत्ताको सहज हस्तान्तरण हुने स्पष्ट पार्नुभएको छ ।

ट्रम्पले पनि ह्वाइटहाउसमा पुनः फर्किन पाउदा खुशी लागेको उल्लेख गर्दै सत्ता हस्तान्तरणको प्रक्रिया सहज रुपमा अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

गएको नोभेम्बर ५ तारिखमा भएको चुनावमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

अहिले उहाँले आफ्नो प्रशासनमा धमाधम नियुक्ति गरिरहनुभएको छ । उहाँको सपथ भने आउने जनवरीमा हुनेछ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।