
कात्तिक २९, एजेन्सीँ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । गएराति ह्वाइटहाउसमा बाइडेन र ट्रम्पबीच भेटवार्ता भएको हो ।भेटवार्तामा सत्ता हस्तान्तरण र यसको प्रक्रियाको बारेमा छलफल भएको बीबीसीले जनाएको छ ।
अमेरिकी राजनीतिमा चुनावपछि वर्तमान राष्ट्रपति र नयाँ निर्वाचित राष्ट्रपतिबीच औपचारिक रुपमा भेट गर्ने परम्परा रहँदै आएको छ ।
यो भेटमा ट्रम्प आफ्नो नयाँ टिमसहित ह्वाइटहाउस पुग्नुभएको थियो । बाइडेनले ट्रम्पलाई ह्वाइटहाउसमा स्वागत गर्दै सत्ताको सहज हस्तान्तरण हुने स्पष्ट पार्नुभएको छ ।
ट्रम्पले पनि ह्वाइटहाउसमा पुनः फर्किन पाउदा खुशी लागेको उल्लेख गर्दै सत्ता हस्तान्तरणको प्रक्रिया सहज रुपमा अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।
गएको नोभेम्बर ५ तारिखमा भएको चुनावमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
अहिले उहाँले आफ्नो प्रशासनमा धमाधम नियुक्ति गरिरहनुभएको छ । उहाँको सपथ भने आउने जनवरीमा हुनेछ ।
Related

अन्य समाचार
रुपन्देहीमा जेठमा हराएका १०८ मध्ये ६१ जना फेला
देवधार खोलामा पौडी खेल्ने क्रममा १४ वर्षीया किशोरीको डुबेर मृत्यु
काठमाडौं उपत्यकामा नदी किनारका सुकुम्वासी बस्ती हटाउने अभियान सम्पन्न काठमाडौं– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान उपत्यकाको हकमा पूर्णता पाएको जनाएको छ। यस अभियानअन्तर्गत मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजुलगायत क्षेत्रमा रहेका अव्यवस्थित बस्ती हटाइसकिएको छ। बस्ती हटाइएका स्थानहरू अहिले खुला तथा खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूपसमेत परिवर्तन भएको छ। बागमती तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूले खाली गरिएका क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न कार्यक्रम अघि बढाएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति,






