हामीसँग जोडिनुहोस

विश्व मधुमेह दिवस नेपालमा पनि मनाइँदै

1 मिनेट
Doctor use glucosmeter checking blood sugar level from patient hand 876767526 test, meter, medical, diabetic, closeup, measurement, glucometer, white, person, human, instrument, healthcare, sample, clinic, health

काठमाण्डौ,२९ कार्तिक।

आज विश्व मधुमेह दिवस, ‘मधुमेह र स्वस्थ जीवन’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ । मधुमेह वा डायबिटिजलाई बोलीचालीको भाषामा चिनी रोग वा सुगर पनि भन्ने गरिएको छ । दिवसको सन्दर्भमा गएको शुक्रवारदेखि विभिन्न संघसंस्थाले कार्यक्रम गर्दै आएका छन् ।

नेपालमा बढ्दै गएको मधुमेहको समस्या, यसको असर, पहिचान, उपचार र रोकथामका उपायबारे जनचेतनमूलक सन्देश दिने उद्देश्यले कार्यक्रम गरिएको हो । पछिल्लो समय नेपालमा मधुमेहको समस्या बढ्दै गएको छ । बालबालिका, युवा र ज्येष्ठ नागरिक सबै उमेर समूह यसको जोखिममा रहेका डाक्टरले बताएका छन् ।

डाक्टरहरुले  मधुमेह हुने सबैभन्दा जिम्मेवार कारण जीवनशैलीलाई मान्छन् । वंशाणुगत कारणले पनि मधुमेह हुन्छ । समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने गम्भीर समस्या नआउने डाक्टरको भनाइ छ ।

मधुमेह हुनबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय तौललाई नियन्त्रणमा राख्ने र शारीरिक रुपमा क्रियाशील रहने नै रहेको मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा. सुवर्णध्वज थापाले बताउनुभयो । उहाँले नियमित स्वास्थ्य जाँच गरी डाक्टरको सल्लाह अनुसार जीवनशैली व्यवस्थापन गरे मधुमेहको जोखिम कम गर्न सकिने बताउनुभयो ।

मधुमेहका बिरामीले स्वास्थ्य उपचारमा ध्यान नदिए मिर्गौला, कलेजो, मुटु, आँखा लगायतका महत्त्वपूर्ण अङ्गमा असर पुग्ने गर्छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।