हामीसँग जोडिनुहोस

नेपाल विद्युत् प्राधिकरणले भोलि बङ्गलादेशलाई ४० मेगावाट बिजुली बिक्री गर्ने

1 मिनेट

काठमाण्डाै,२९ कार्तिक ।

नेपाल विद्युत् प्राधिकरणले भोलि शुक्रवार बङ्गलादेशलाई ४० मेगावाट बिजुली बिक्री गर्ने भएको छ ।

यसअघि भएको सम्झौता अनुसार भोलि नोभेम्बर १५ तारिखमा ४० मेगावाट बिजुली भारत हुँदै बङ्गलादेश पठाउन लागिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले उज्यालोलाई जानकारी दिनुभयाे । २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे परियोजनाको बिजुली बङ्गलादेश पठाउने उहाँले बताउनुभयाे ।

बङ्गलादेशमा निर्यात गरिने बिजुलीका लागि विभिन्न आयोजनालाई भारतले स्वीकृत गरेसँगै बिजुली पठाउने तयारी भएको हो । बङ्गलादेशमा बिजुली पठाउन पनि आयोजना नै तोकेर भारतबाट स्वीकृति लिनुपर्छ । तर यो वर्षका लागि भोलि मात्रै बिजुली बङ्गलादेश निर्यात हुनेछ । किनकि नेपाल, भारत र बङ्गलादेशबीच जुनको १५ तारिखदेखि नोभेम्बरको १५ तारिखसम्म मात्रै बिजुली निर्यातको सम्झौता भएको छ ।

सम्झौता अनुसारको अन्तिम दिन भोलि बिजुली बङ्गलादेशमा पठाएर सुखद सन्देश दिन खोजिएको प्रवक्ता घोषले बताउनुभएको छ । भोलिपछि अब आउँदो जुनको १५ तारिखमा मात्रै बङ्गलादेशमा बिजुली निर्यात हुनेछ । नेपालले बिजुली निर्यात गर्दा प्रतियुनिट ६.४० अमेरिकी सेन्ट प्राप्त गर्नेछ ।

नेपालबाट बङ्गलादेशमा ४० मेगावाट बिजुली बिक्री गर्न गएको असोज १७ गते नेपाल, भारत र बङ्गलादेशबीच सम्झौता भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।