हामीसँग जोडिनुहोस

नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने

0 मिनेट

काठमाण्डाै,३० कार्तिक ।

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ ।

आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने जानकारी दिए । एनपीएलको प्रत्यक्ष प्रसारणका लागि स्वदेशी टेलिभिजनहरू इच्छुक भए पनि क्यानले गुणस्तरका र अन्तर्राष्ट्रिय ब्रान्डिङका लागि भन्दै भारतीय च्यानल रोजेको हो ।

यस्तै एनपीएलको मुख्य प्रायोजक सिद्धार्थ बैंक रहने भएको छ । नेपाल क्रिकेट सङ्घको आयोजनामा आठ वटा टोली सहभागी हुने एनपीएलको पहिलो संस्करण आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।