हामीसँग जोडिनुहोस

नेशनल प्याब्सन भक्तपुरद्धारा एकैदिन ८३ जना शिक्षक शिक्षिकालाई दीर्घ सेवा सम्मान प्रदान

4 मिनेट

भक्तपुर, ३० कात्तिक : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरले आज एकैदिन ८३ जना शिक्षक शिक्षिकालाई दीर्घ सेवा सम्मान प्रदान गरेको छ । आज नेशनल प्याब्सन भक्तपुरको डोलेश्वरमा आयोजित नवौं वार्षिक साधारण सभामा संस्थामा आवद्ध जिल्लाका बिभिन्न विद्यालयहरुमा विगत १० वर्षदेखि अनवरत रुपमा सेवा गरेका शिक्षक शिक्षिकाहरुलाई दीर्घ सेवा सम्मान प्रदान गरेको हो ।

साधारण सभाको उद्घाटन सत्रमा वागमति प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले ८३ जना शिक्षक शिक्षिकालाई दोसल्ला ओढाएर दीर्घ सेवा सम्मान वितरण गर्नुभएको हो । सम्मान कार्यक्रममा नेसनल प्याव्सन भक्तपुरका जिल्ला अध्यक्ष संजय खड्काले दोसल्ला ओढाएर थप हौसला प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा मन्त्री थापाले शिक्षासंग स्वास्थ्यलाई पनि जोडेर लैजानु पर्ने बताउदै शिक्षक तथा विद्याथीलाई स्वथ्य राख्न विद्यालयले स्वास्थ्य शिविरलगायतका कार्यक्रम विद्यालयहरुमै गर्नु पर्ने औल्याउनु भयो । उहाँले भन्नुभयो, “प्रत्येक विद्यालयले वर्षमा कम्तीमा पनि एउटा स्वास्थ्य शिविरको आयोजना गर्नस्, विद्यार्थीलाई स्वस्थ्य राख्नुस्, त्यसका लागि प्राबिधिक सहयोग हामी गर्छौ, भक्तपुर अस्पता, सूर्यविनायक नगर अस्पतालबाट सेवा प्रवाह गर्छौ, प्रत्येक विद्यालयमा यो अभियान चलाउनुस् ।”
मन्त्री थापाले आफू स्वास्थ्य मन्त्री भए देखि बागमती प्रदेशका १३ जिल्लाको स्वास्थ्य अवस्था बारे सुक्ष्म ढगंले अध्ययन गरी सबै जनताले उपचारबाट बन्चित हुन नपरोस भनि लागि परेको बताउनु भयो । अब भक्तपुरका जनताले सस्तो र सहज रुपमा सिटी स्क्यान सेवा पाउने बताउदै उहाँले प्रदेश सरकारले १९ करोडको लागतमा सिटी स्क्यान मेशिन भक्तपुर अस्पतालमा जडान गर्न टेण्डर आव्हान गरिसकेको बताउनु उहाले बताउनुभयो । भक्तपुर अस्पतालमा सिटी स्क्यान मेशिन राख्न ठाउँ अभाव भइरहेको अबस्थामा भक्तपुर नगरपालिकाले अस्पतालले १०० वर्ष अगाडिदेखि भोग चलन गर्दै आएको जमिनमा सटर हाल्ने योजना अगाडि बढाए पछि समस्या आएको बताउनुभयो ।
भक्तपुरका जनताले सेवा पाउने विषयमा भक्तपुर नगरपालिकाले सहयोग गर्नुपर्नेमा उल्टै पूर्वाधार भत्काएर आफ्नै संचरना बनाउन खोजेको भन्दै उहाँले जनताप्रति स्थानीय सरकार उत्तरदायी हुनुपर्ने बताउनुभयो । उहाँले भक्तपुर नगरपलिकाद्धारा सञ्चालिन ख्वप अस्पतालाई पनि वागमति प्रदेश स्वास्थ्य मन्त्रालयले सिटी स्क्यान मेशिन राख्न बजेटको व्यबस्था गरेको बताउनभयो ।
नेशनल प्याव्सनको जिल्ला अध्यक्ष संजय खड्काको सभापत्तित्वमा सम्पन्न नवौं वार्षिक साधारण सभाको उदघाटन समारोहको अवसरमा प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापालाई अध्यक्ष खड्काले  बधाई एवं सफल र सबल कार्यकालको लागि शुभकामना प्रदान गरी सम्मान गर्नु भएको थियो । नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष एवं कार्यक्रम सभापति सञ्जय खड्काले एउटै विद्यालयमा १० वर्षसम्म सेवा गर्ने शिक्षक शिक्षिकालाई यसवर्षदेखि सुरु भएको सम्मान अब हरेक वर्ष सञ्चालन गर्ने बताउनुभयो ।
उहाँले नेशनल प्याब्सन भक्तपुरकै नेतृत्वमा निजी क्षेत्रको सहयोगमा यस संस्था अन्तर्गत रहेका विद्यालयका शिक्षक शिक्षिकादेखि विद्यार्थीसम्मलाई एक लाखको निःशुल्क दुर्घटना बिमाको व्यबस्था गरेको बताउनुभयो । कार्यक्रममा नेसनल प्याव्सन केन्द्रीय सहकोषाध्यक्ष विक्रम ढुकुछु, केन्द्रीय सदस्य जिबी खड्का, बागमति प्रदेश उपाध्यक्ष पुण्यराम कवां, सहकोषाध्यक्ष साधुराम गैडा, नेपाल पत्रकार मरासंघ भक्तपुर अध्यक्ष जगत प्रजापति, रासस प्रतिनिधी रमेश गिरी, पत्रकार हरि छुकां, पुस्तक व्यवसायी संघ भक्तपुरका उपाध्यक्ष महेश थापा लगाएको उपस्थिति थियो ।
नेशनल प्याव्सनका जिल्ला सचिव कुमार थापामगरले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष शिव कृष्ण कवांले गर्नु भएको थियो भने सबै उपस्थित व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन संस्थाका उपाध्यक्ष रामप्रसाद खाताखोले गर्नु भएको थियो ।
कार्यक्रममा नेसनल प्याव्सन केन्द्रीय सहकोषाध्यक्ष विक्रम ढुकुछु, केन्द्रीय सदस्य जिबी खड्का, बागमति प्रदेश उपाध्यक्ष पुण्यराम कवां, सहकोषाध्यक्ष साधुराम गैडा, नेपाल पत्रकार मरासंघ भक्तपुर अध्यक्ष जगत प्रजापति, रासस प्रतिनिधी रमेश गिरी, पत्रकार हरि छुकां, पुस्तक व्यवसायी संघ भक्तपुरका उपाध्यक्ष महेश थापा लगाएको उपस्थिति थियो ।
नवौं वार्षिक साधरण सभाको दोश्रो चरणमा कार्यसमिति सदस्यमा विपिन गुमान्जू, अनिश राई र सूर्य घिसिगंलाई मनोनित गरिएको थियो ! अध्यक्षको भावी कार्ययोजना, सचिवको सांगठानिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमा छलफल गरी पारित गरिएको थियो । साथै सदस्य विद्यालयको विकास र शैक्षिक क्रियाकलापमा सुदृढिकरणको लागि प्रस्तावहरु पारित गरिएको  थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।