हामीसँग जोडिनुहोस

आजदेखि बैंकहरुमा नयाँ ब्याजदर कार्यान्वयनमा

1 मिनेट

०१ मङ्सिर काठमाडौँ ।

आजदेखि बैंकहरुमा नयाँ ब्याजदर कार्यान्वयनमा आएको छ । नयाँ ब्याजदर अनुसार १६ वटा बैंकको ब्याजदर घटेको छ । बाँकी बैंकको ब्याजदर स्थिर रहँदा ब्याजदर बढ्ने बैंकको संख्या शून्य छ ।

प्रकाशित ब्याजदर तालिका अनुसार साधारण बचत खातातर्फ तीनवटा बैंकले ब्याजदर घटाएका छन् । त्यस्तै, एकवर्षे व्यक्तिगत मुद्दती खाता अन्तर्गत ११ वटा बैंकको ब्याजदर घट्दा र एकवर्षे संस्थागत मुद्दती खातामा १२ वटा बैंकले ब्याज घटाएका छन् । संस्थागत मुद्दती खाताको ब्याजदर त ३ प्रतिशत भन्दा कम समेत कायम गरिएको छ ।कृषि विकास बैंकले बचत खाताको ब्याजदरलाई स्थिर राख्दा र व्यक्तिगत मुद्दती खातामा ०।७४ प्रतिशत र संस्थागत मुद्दती खाताको ब्याजदर १।२५ प्रतिशत विन्दुले घटाएको छ । मङ्सिर महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३।०० प्रतिशत, ४।२६ प्रतिशत र २।५० प्रतिशत ब्याज दिने जनाएको छ ।

सिटिजन्स बैंक मङ्सिर महिनाका लागि सबै प्रकारका खाताहरूको ब्याजदर स्थिर राखेको छ । यस अनुसार बैंकले मङ्सिर महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३।००५ प्रतिशत, ५।७५ प्रतिशत र ४।०० प्रतिशत ब्याजदर कायम गरेको छ ।

एभरेस्ट बैंकले यसपटक बचत खाताको ब्याजदरलाई यथावत् राखेको छ भने मुद्दती खाताका ब्याजदरलाई ०।१५ प्रतिशत विन्दुले घटाएको छ । यस अनुसार मङ्सिर महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३।०५ प्रतिशत, ४।०० प्रतिशत र ३।०० प्रतिशत ब्याज दिनेछ ।

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले यसपटक बचत खाताको ब्याजदरलाई यथावत् राखेको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदरलाई क्रमशः ०।५० र ०।७५ प्रतिशत विन्दुले घटाएको छ । यस अनुसार मङ्सिर महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३।०० प्रतिशत, ५।०० प्रतिशत र ३।७५ प्रतिशत ब्याज दिनेछ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।