हामीसँग जोडिनुहोस

भक्तपुर जिल्ला फुटबल लिग सिद्धि गणेश र भक्तपुर युथ, बासुकी र डिलाईट सेमिफाइनलमा

1 मिनेट

भक्तपुर, २१ श्रावण । भक्तपुर जिल्ला फुटबल संघको आयोजनमा भक्तपुर जिल्ला लिग फुटबल प्रतियोगितको मंगलवार भएको खेलमा भक्तपुर युवा टिम बिरुद्ध भक्तपुर नगरपालिकाबीच भएको खेलमा ४¬–२ युवा टिमले जित हासिल गरे । सो खेलमा युवा टिमका प्रणय बासुकलाले खेल सुरु भएको दुई मिनेट मै र तेश्रो मिनेटमा सुमन सिल्पकारले गोल गरी अग्रता लिएकोमा चौंधौं मिनेटमा दुर्गा बहादुर राउटले थप एक गोल गरी तीन गोलले अग्रता लिएकोमा पच्चीसौं र पैंच्चीसौं मिनेटमा भक्तपुर नगरपालिकाका मार्विन तामाड्डले दुई गोल गरी निकै प्रतिस्पधापूर्ण खेल हाप अगाडि ३–२ गोल भएको थियो भने हाप पछि भएको खेलमा खेल सुरु भएको दशौं मिनेटमा युवा टिमका निरज सिंख्वलले गोल गरेको थियो । सो खेलमा युवा टिमका निरोज सिंख्वालले म्यानअफदिम्याचहासिल गरे । यो खेलसंगै दुबै टिम सेमिफाईनल खेलबाट बञ्चित भएको छ भने समूह बिबाट भक्तपुर डिलाईट ४ अंककासाथ सेमिफाइनल प्रवेश गरेको छ । समूह बिका युवा टिमको ३ अंक र भक्तपुर नगरपालिकाको १ अंक रहेको छ ।
त्यसपछि भक्तपुर युथ फुटबल क्लब बिरुद्ध स्वीट्स सर्कलबीच भएको खेल निकै प्रतिस्पर्धापूर्ण खेलमा कुनैले गोल गर्न नसकेपछि गोल रहित बराबरीमा टुड्डियो । सो खेलमा म्यान अफ दि म्याच भक्तपुर युथका बिनय मगरले प्राप्त गरे । यो खेलसंगै समूह सिबाट भक्तपुर युथ ४ अंकका साथसेमिफाइनलप्रवेश गर्न सफलभएको छ भने रिले फुटबल क्लब ३ अंक र स्विट्स सर्कल १ अंक प्राप्त गर्न सफल भएको उपाध्यक्ष रामकृष्ण प्रजापतिले बताउनु भयो ।
सेमिफाइन खेल श्रावण २३ गते बिहान ७ः३० बजे सिद्धिगणेश खेलकुद समिति बिरुद्ध भक्तपुर युथ फुटबल क्लब बीच हुनेछ भने अर्को खेल बिहाद ९ः३० बजे बासुकी युवा क्लब बिरुद्ध भक्तपुर डिलाईट फुटबल क्लब बीच हुने उपाध्यक्ष रामकृष्ण प्रजापतिले बताउनु भयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।