८ मंसिर, काठमाडौं ।
पाकिस्तानमा शनिबारदेखि सुरू भएको नेत्रहीन क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
नेपाल श्रीलंकासँग ७० रनले पराजित भएको हो । श्रीलंकाले दिएको १९६ रनको बलियो लक्ष्य पछ्याएको नेपालले १२५ रन मात्र बनाउन सक्यो ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । श्रीलंकाका दमिथ सन्दरुवानले ६६ बलमा अविजित १०० रन बनाए ।
नेपालका सुनिल रानामगरले १ विकेट लिए ।