८ मंसिर, काठमाडौं ।
नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले आज मुक्तिनाथ मन्दिरको भ्रमण गरेका छन् ।
मुस्ताङमा रहेको मुक्तिनाथमा उनले पूजाअर्चनासमेत गरे ।
त्यस्तै द्विवेदीले आजै पोखरामा रहेको पश्चिम पृतना हेडक्वार्टरको पनि भ्रमण गरेका छन् । उनलाई पृतनापति उपरथी सन्तोष बल्लभ पौडेलले स्वागत गरेका थिए ।