हामीसँग जोडिनुहोस

 आजदेखि शुल्क तिरेर धरहरा चढ्न पाइने

1 मिनेट

काठमाडौं,९ मंसिर ।

आजदेखि शुल्क तिरेर धरहरा चढ्न पाइने भएको छ । अब धरहरा व्यवसायिक रुपमा खुला भएको हो । यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न अब स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट अर्थात् एक सय रुपैयाँ तिरे पुग्नेछ ।

यस्तै धरहरामा पार्किङ गर्दा चार पाङ्ग्रेलाई प्रतिघण्टा २० र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकिएको छ । यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन (व्यावसायिक बाहेक) गर्न प्रतिघण्टा पाँच हजार, धरहरा परिसरमा व्यवसायिक भिडियो छायाङ्कन गर्न प्रतिघण्टा पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क देशबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेकका देशका पर्यटकलाई प्रतिव्यक्ति एक हजार शुल्क निर्धारण गर्न शहरी विकास मन्त्रालयले गएको बिहीवार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश गरेको थियो ।

२०७२ सालको भूकम्पले धरहरा ढलेको थियो । भूकम्प गएको नौ वर्षपछि संविधान दिवसको अवसर पारेर गएको असोज तीन गतेदेखि सर्वसाधारणका लागि धरहरा चढ्न खुला गरिएको हो । धरहराको सबै काम भने अहिले पनि सकिएको छैन । तर चढ्न र अवलोकन गर्न बाधा नपुग्ने सहरी विकास मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वय इकाइ (भवन तथा आवास) आयोजनाले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।