
काठमाण्डाै,९ मंसिर।
काठमाण्डौको सिनामङ्गलमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् ।
सिनामङ्गलको जन्मभूमि होटलको बरन्डाकाे रेलिङमा पासो लगाएको अवस्थामा सुनसरीकाे दुहवीका ३४ वर्षीय रमेश माझी र २९ वर्षीया शर्मिला माझी मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिनुभएको छ । उनीहरू हिजो शनिबार मात्रै क्यानडाबाट नेपाल आएका थिए ।
प्रारम्भिक अनुसन्धानबाट माझी दम्पतीले आत्महत्या गरेको देखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरू हिजो बेलुका पौने ७ बजे होटलमा पुगेका थिए । आज बिहान साढे ७ बजे प्रहरीलाई खबर भएपछि जिल्ला प्रहरी परिसर, प्रहरी वृत्त गौशाला र काठमाण्डाै उपत्यका अपराध अनुसन्धानको टोली पुगेर अनुसन्धान अघि बढाएको हो ।