हामीसँग जोडिनुहोस

रामेछाप–काठमाण्डौ उडान बन्द, यात्रुहरु समस्यामा

1 मिनेट

रामेछाप,११ मंसिर।

विमान कम्पनीहरुले रामेछाप–काठमाण्डौ उडान बन्द गर्दा टिकट काटेका यात्रु अलपत्र परेका छन् ।

निजी विमान कम्पनीहरुले रामेछापबाट काठमाण्डौ र काठमाण्डौबाट रामेछापको लागि नागरिक उड्डयन मन्त्रालयले उडान तालिका नै नराखेको भन्दै दुई हप्तादेखि उडान सेवा बन्द गरेका हुन् ।

दुई हप्ता अघिसम्म तारा एअर, सीता एअर र समिट एअर गरी तीन वटा हवाई कम्पनीले दैनिक एक एक वटा उडान भर्दै आएका थिए । गएको असोजको बाढीले बीपी राजमार्ग क्षतविक्षत बनाएर काठमाण्डौबाट रामेछापसम्मको सम्पर्क टुटेपछि र निजी विमान कम्पनीहरुले दैनिक उडान भर्दा निकै सहज भएको थियो ।

तर, अहिले उडान बन्द भएपछि रामेछापका बिरामी र यात्रुहरु बीपी राजमार्ग हुँदै घण्टौँ लगाएर काठमाण्डौ पुग्न बाध्य छन् । जिल्लामै विमानस्थल हुँदा पनि नागरिकहरुले सेवा नपाउनु दःखद् भएको मन्थली नगरपालिका–१ का नारायणदास श्रेष्ठले गुनासो गर्नुभएको छ ।

रामेछाप–काठमाण्डौ नियमित उडान भइरहेको समयमा जहाजको टिकट काटिसकेका नागरिहरु अहिले विमानको उडान सेवा बन्द हुँदा मारमा परेका छन् । रामेछाप विमानस्थलवाट सोलुखुम्बुको लुक्लाको लागि अहिले दैनिक ४० भन्दा वटा भन्दा धेरै उडान हुँदै आएका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।