हामीसँग जोडिनुहोस

चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ट्रम्पको घोषणा

1 मिनेट

एजेन्सी,११ मंसिर ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनमै चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने घोषणा गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले २०२५ जनवरी २० तारिखमा पदभार ग्रहण गरेपछि मेक्सिको र क्यानडाबाट आउने सबै सामानमा २५ प्रतिशत शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

यस्तै चीनबाट हुने आयातमा १० प्रतिशत अतिरिक्त शुल्क लगाइने पनि उहाँले बताउनुभयो । लागूऔषध, अवैध रूपमा सीमा पार गर्ने आप्रवासीहरूलाई नरोकेसम्म मेक्सिको र क्यानडामाथि लगाइएको कर नहट्ने पनि उहाँले बताउनुभएको छ ।

चिनियाँ अधिकारीहरूले फेन्टानिलको कारोबार गर्दा पक्राउ परेका मानिसहरूलाई मृत्युदण्ड दिने प्रतिज्ञा पूरा गर्न असफल भएको भन्दै ट्रम्प चीनसँग पनि आक्रोसित हुनुभएको छ । आफ्नो चुनावी अभियानको क्रममा ट्रम्पले चीनमा निर्मित सबै उत्पादनहरूमा ६० प्रतिशतभन्दा धेरै शुल्क लगाउने बताउनुभएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।