काठमाडौं,११ मंसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिहाइको माग राख्दै माइतीघरमा प्रदर्शन भएको छ।
राजनीति प्रतिशाेध बन्द गर , रवि दाइ लाई रिहा गर लगायतका माग राखेर प्रदर्शन गरिएको हो। स्वतन्त्र समूह बताउने युवाहरूले प्रदर्शन गरेका हुन्। तर प्रदर्शनमा रास्वपाकी केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाको पनि उपस्थिति रहेको थियो।