हामीसँग जोडिनुहोस

सामाजिक सुरक्षा कोषले विदेशमा रहेका श्रमिकका श्रीमान्–श्रीमती तथा छोराछोरीको उपचार खर्च पनि बेहाेर्ने

1 मिनेट
११ मंसिर, काठमाडौं । 

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान्–श्रीमती तथा १८ वर्षमुनिका छोराछोरीले समेत स्वास्थ्य उपचारको सुविधा पाउने भएका छन् ।

सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा आज भएको कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अब उनीहरूका श्रीमान्–श्रीमती र १८ वर्ष ननाघेका छोराछोरीका लागि समेत उपचार सेवा थप गरिएको जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक अधिकारीले कोषमा हिजो सोमवारसम्म औपचारिक क्षेत्रका १९ हजार सात सय ६७ रोजगारदाता र पाँच लाख ४३ हजार तीन सय ८८ श्रमिक आबद्ध भएका जानकारी दिनुभयो । उहाँले अहिलेसम्म श्रमिक बिरामी भएको, दुर्घटनामा परेको, अशक्त भएको, ज्येष्ठ नागरिक र मृत्यु दाबीबापत ११ अर्ब ६२ करोड रुपैयाँ कोषका योगदानकर्ता र उनीहरूका परिवारलाई भुक्तानी गरिसकेको पनि बताउनुभयो ।

काेषका कार्यकारी निर्देशक अधिकारीले कोषको दायरा विस्तारका लागि कोषको केन्द्रीय कार्यालयका साथै विराटनगर, सिमरा, बुटवल, नेपालगञ्ज, पोखरा र जनकपुरमा कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो । यही आर्थिक वर्षभित्र कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा पनि कार्यालय स्थापना गर्ने योजना रहेको कोषले जनाएको छ । यी कार्यालय स्थापनापछि कोषको सात वटै प्रदेशमा पहुँच पुग्नेछ ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।