हामीसँग जोडिनुहोस

ट्राफिक प्रहरीले सवारी चालकको गाडीको चाबी खोस्ने कार्यविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी

1 मिनेट

काठमाडौं,११ मंसिर  ।

ट्राफिक प्रहरीले सवारी चालकको गाडीको चाबी खोस्ने कार्यविरुद्ध दायर रिटमा पाटन उच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सोमबार न्यायाधीश टंकप्रसाद गुरुङको एकल इजलासले उक्त आदेश दिएको हो ।

कानुनका विद्यार्थी विवेक चौधरीले ट्राफिक प्रहरीलाई चालकको चाबी खोस्ने अधिकार नभएको र यो कार्य संविधान र कानुनी अधिकारहरूको उल्लंघन भएको दाबी गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले यस मुद्दामा अन्तरिम आदेश दिने वा नदिनेबारे छलफलका लागि मंसिर ३ गते दुवै पक्षलाई उपस्थित गराउने आदेश दिएको थियो । तर, मंसिर ३ मा बिदा परेको कारण मंसिर १० गते अर्को पेसी राखिएको थियो ।

यस सुनुवाइमा निवेदकका तर्फबाट अधिवक्ताहरू सुजित कुमार भुजेल, डा। नेवल चौधरी, सुनु रिजाल र रामप्रवेश यादवले बहस गरेका थिए भने विपक्षी तर्फबाट उच्च सरकारी वकिल कार्यालय, पाटनका सहायक न्यायाधिवक्ता सचित कुमार वाइवा उपस्थित थिए ।

रिट निवेदकले उठाएको विषयवस्तुका सम्बन्धमा अन्तिम सुनुवाइ हुँदाका बखत सम्बोधन हुने विषय भएकाले तत्काल अन्तरिम आदेश जारी गरिरहनुपर्ने अवस्थाको विद्यमानता नदेखिएको भन्दै इजलासले ट्राफिक प्रहरीलाई नियमानुसार प्रक्रिया गर्न आदेश दिएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।