==========================================================
नगरप्रमुख खत्रीले भन्नुभयो, “सडक निर्माण सम्पन्न नभए नगरकोट भ्रमण वर्षलाई प्रतक्ष्य रुपमा असर पर्छ, बारम्वारको निरन्तरको ताकेताले पनि भक्तपुरदेखि नगरकोट पुग्ने सडक पुननिर्माण सम्पन्न गर्न पटक पटक ताकेता गरिरेका छौँ । अझै पनि मंसीर महिना भित्र सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण नगरे यस बिरुद्ध नगरपालिकाको नेतृत्वमा सिंहदरबारमा अनसन बसेर आन्दोलन सुरु गर्छौँ, हामीले गरेको लोकतान्त्रिक आन्दोलनलाई वेवास्ता गरे हिंसात्मक आन्दोलन गर्न पनि पछि पर्दैनौ ।”
==========================================================
भक्तपुर, १४ मङ्सिर : चाँगनारायण नगरपालिकाले एक लाख विदेशी पर्यटकलाई नगरकोट भित्रयाउने लक्ष्यसहित आयोजना गर्न लागेको नगरकोट भ्रमण वर्ष-२०८२ को तयारी सुरु गरेको छ । २०८२ बैशाख १ गतेदेखि सुरु गर्ने भ्रमण वर्षका् तयारी सुरु भएको आज नेपाल प्रेस सोसाइटी सूर्यविनायकले भक्तपुरमा आयोजना गरेको नगरकोट भ्रमण वर्ष-२०८२ को तयारी र समग्र चाँंगुनारायण नगरपालिकाको समृद्धि विषयक कार्यक्रममा बोल्दै नगर प्रमुख जीवन खत्रीले बताउनु भएको हो ।
भ्रमण वर्षको क्रममा वर्षभरि नगरपालिकाको वडा नं १ देखि ९ सम्मकै सम्पूणर् क्षेत्रमा रहेको ऐतिहासिक सम्पदा, कला, संस्कृति, प्राकृतिक सौन्दर्यता, बिभिन्न जातीय चाँडपर्व, यहाँका उत्पादनलगायतकाबारेमा स्वदेशी तथा विदेशी पर्यटकलाई जानकारी दिने उदेश्यले भ्रमण वर्षको तयारी सुरु गरेको बताउनुभयो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, “२०८२ सालभित्र एक लाख विदेशी पर्यटक र लाखौ आन्तरिक पर्यटक भित्रयाउने लक्ष्यका साथ दीर्घकालिन रुपमा नगरकोटको बिकास र सम्बृद्धिको यात्रा तय गर्न नगरकोट भ्रमण वर्ष-२०८२ को तयारी सुरु गरेका छौँ, नगरवासीका प्रत्येक घरघरबाट सहभागिता रहने गरि भ्रमण वर्ष मनाउँछौँ, यसले नगरकोटको लुकेका सयौ विषय र संरचनालाई उठाउने छ भन्ने विश्वास लिएका छौँ ।”
भ्रमण वर्ष भव्य रुपमा सम्पन्न गर्न रु. पाँच करोडको बजेट विनियोजन गरेको बताउदै उहाँले बिभिन्न समिति एवं उपसमिति गठन गरि सबै नगरवासीको सहभागिता रहने गरि भ्रमण वर्ष बनाउने उहाँले बताउनुभयो । नगरकोटबाट देखिने सूर्योदय, सूर्यास्त र हिमाली दृश्य मात्र नभई ण्ण्टाँँका वडा नं. १ देखि ९ सम्म पर्यटकलाई पुर्याउने र यहाँकाबारेमा देश र विदेशमा सन्देश प्रवह गर्न भ्रमण वर्ष सफल हुने उहाँले बताउनुभयो ।
नगर प्रमुख खत्रीले भ्रमण वर्षमा आउने पर्यटकलाई नगरकोटको साथै भक्तपुर, काभ्रेको मण्डन देउपुर, बनेपा, काठमाडौंको शंकरापुर नगरपालिकाका होटल एवं यहाँका होमस्टेहरुमा सुविधायुक्त रुपमा खान र बस्ने व्यबस्थापन गरिने पनि बताउनभयो । उहाँले ११ वर्षदेखि निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको निर्माण कम्पनीले जिम्मा लिएको भक्तपुर नगरकोट सडक निर्माण सम्पन्न अझै नगरेको बताउदै उहाँले मंसीर महिनाभित्र सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण नगरे नगरपालिकाले कडा आन्दोलन गर्ने बताउनुभयो ।
नगरप्रमुख खत्रीले भन्नुभयो, “सडक निर्माण सम्पन्न नभए नगरकोट भ्रमण वर्षलाई प्रतक्ष्य रुपमा असर पर्छ, बारम्वारको निरन्तरको ताकेताले पनि भक्तपुरदेखि नगरकोट पुग्ने सडक पुननिर्माण सम्पन्न गर्न पटक पटक ताकेता गरिरेका छौँ । अझै पनि मंसीर महिना भित्र सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण नगरे यस बिरुद्ध नगरपालिकाको नेतृत्वमा सिंहदरबारमा अनसन बसेर आन्दोलन सुरु गर्छौँ, हामीले गरेको लोकतान्त्रिक आन्दोलनलाई वेवास्ता गरे हिंसात्मक आन्दोलन गर्न पनि पछि पर्दैनौ ।”
कार्यक्रममा चाँंगुनारायण नगरपालिका-६ नगरकोटका वडा अध्यक्ष धनबहादुर लामाले नगरकोट भ्रमण वर्ष-२०८२ को तयारी सुरु भइसकेको बताउदै यसलाई सफल पार्न प्रदेश र संघीय सरकारको पनि सहया्ग आवश्यक रहने बताउनुभयो । उहाँले नगरकोट जाने सडक ११ वषएदेखि अलपत्र पर्दा यहाँको पर्यटन व्यवसाय धरापमा परको भन्दै पर्यटकलाई आकर्षित गर्न नगरपालिकाले बिभिन्न कार्ययेजना अघि सारेको बताउनुभयो । कार्यक्रममा सभापति एवं प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसी, स्वतन्त्र पार्टीका चाँगुनारायण नगर समितिका अध्यक्ष रोशन थापालगायतले भ्रमण वर्ष सफल पार्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।