हामीसँग जोडिनुहोस

डोलेश्वरदेखि ज्योर्तिलिङेश्वरसम्म महाद्धीप बालेर रातभर जाग्राम बसे श्रद्धालु 

3 मिनेट
भक्तपुर, १४ मङ्सिर : बालाचतुर्दशी पर्वका दिन आज साँझ भक्तपुरको डोलेश्वर महादेव मन्दिरदेखि ज्योर्तिलिङगेश्वर महादेव मन्दिरसम्म रातभर जाग्राम बसेर महाद्धिप बाल्नेको भीड लागेको छ ।
प्रत्येकवर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरी जाग्राम बस्ने र बालाचतुर्दशीका दिन शतबीज छर्न पशुपति मन्दिरमा हजारौँको भीड लाग्ने भएपछि भक्तपुरको चाँगुनारायण र सूर्यविनायकका बासिन्दाले आफ्ना नजिकका शिवालयमै बालाचर्तुदशी पर्व मनाउन थालेका हुन् ।
सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित केदारनाथको शीर डोलेश्वर महादेव मन्दिर परिसरमा ५०० भन्दा स्थानीयले आफ्ना दिवगंत पितृको सम्झनामा आज साँझ द्धीप तथा महाद्धीप बालेको समितिका कविराम थापाले जानकारी दिनुभयो ।
 आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप, तथा महादीप बालेरज ाग्राह बस्नेहरुका लागि मन्दिरको सत्तलमा व्यबस्थापन गरेको सूर्यविनायक नगरपालिका-८ सिपोडोलका स्थानीय एवं वागमती प्रदेशका स्वास्थ्य मन्त्री तथा डोलेश्वर महादेव मन्दिर व्यबस्थापन समितिका पूर्व वरिष्ठ उपाध्यक्ष किरण थापाले जानकारी दिनुभयो ।
केहीवर्ष अगाडिसम्म पशुपति जादै आएका यहाँका बासिन्दा डालेश्वर मन्दिरमा चौघेरा सत्तल र १०८ शिवलिङ्गको व्यबस्था भएपछि स्थानीयले डोलेश्वर महादेव मन्दिरको मूल दीपबाट दीप प्रज्वलन गरि दीप, महादीप बालेर रातभरी जाग्राम बस्ने र बिहानै स्नान गरि यहीँको १०८ शिवलिङ्ग र महादेव मन्दिर परिसरमा शतबीज छरेर बालाचर्तुदशी पर्व मनाउने गरेको भन्दै थापाले यसको व्यबस्थापन मन्दिर व्यबस्थापनले गर्दै आएको उहाँले बताउनुभयो ।
त्सैगरि चाँगुनारायण नगरपालिका-५ छालिङ्गस्थित गोकुल धाममा पनि आज रातभर जाग्राम बस्नेहरुको भीड छ । मच्छेनारायण मन्दिरसंगै रहेको १०८ शिवलिङ्गमा भोली बिहान शतबिज छर्ने र आज रातभरि मन्दिर परिसरमा जागाम बसेर आफ्ना पितृका सम्झनामा महाद्धप बाल्ने व्यबस्था गरेसंगै यहाँका बासिन्दाले पशुपतिको बिकल्पको रुपमा यस मन्दि।लाई प्रयोग गरेको स्थानीय युवा गोकर्ण पुरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यहाँका बासिन्दाले मन्दिरमै आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप महादीप बालेर जाग्राम बसेका छन् । रातभरि जाग्राम बस्नेलाई मन्दिरमा बस्ने र सुरक्षाको व्यबबथा गरिएको छ । यहाँका बासिन्दालाई अहिले पशुपतिको घुँइचोमा जानु पर्दैन, आफ्नै गाउँमा सजिलैसँग पर्व मनाउन थालेका छन् ।”
त्यसैगरि सूर्यविनायककै सिपाडोलस्थित आशापुरी महादेव मन्दिर, वडा नं. ७ गुण्डुको अनन्तलिङ्ेश्वर महादेव मन्दिर, वडा नं. १ सिरुटारको चरखण्डीश्वर महादेव मन्दिर, सोमलिङेश्वर महादेव मन्दिर र गुप्तेश्वर महादेव मन्दिरमा यहाँका बासिन्दाले रातभरी जाग्राम बसेर दीप तथा महाद्धीप बालेर आज बिहान शतबीज छर्दै बालाचतुदर्शी पर्व मनाएका छन् । मन्दिरसँगैको नदीमा दीप बिसर्जन गर्ने र शतबीज छर्ने व्यबस्था भएपछि सहज भएको हो । मध्यपुरथिमि नगरपालिका-५ कमेरोटारस्थित संगमेश्वर महादेव मन्दिरमा पनि महाद्धीप बालेर रातभचर जाग्राम बसेृका छन् ।
त्यस्तै चाँगुनारायण नगरपालिकास्थित ज्योर्तिलिङगेश्वर महादेव मन्दिरमा पनि यहाँका बासिन्दाले दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरी जाग्राम बसेका छन् । यता चाँगुनारायण-८ सुडालमा रहेको ठूली ब्रम्हायणी मन्दिर परिसरको शिरानमा निर्मित पशुपतिनाथको मन्दिर र चौसठ्ठी शिवलिङ्गमा बाला चतुर्दशीको अवसरमा मेला लागेको उहाँले बताउनुभयो । विगत तीन वर्षदेखि स्थानीयले महाद्धीप बालेर रातभर जाग्राम बस्दै बिहान सत्बिज छर्ने र होमहोमादी पूजा गरेको पुरीले जानकारी दिनुभयो ।
हरेब वर्ष त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादिप बालेर रातभर जाग्राम बस्दै आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै चर्तुदशीको दिन बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने, होमहोमादी गर्ने प्रचलन रहदैं आएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।