हामीसँग जोडिनुहोस

भुटानी राजा जिग्मे खेसर वाङ्चुक नेपाल आउँदै

1 मिनेट

२१ मंसिर,काठमाण्डौ।

भुटानी राजा जिग्मे खेसर नाम्ग्याल वाङ्चुक शुक्रबार नेपाल आउँदैछन्। भारतबाट आफ्नो देश फर्किने क्रममा उनले नेपालमा ‘ट्रान्जिट भिजिट’ गर्न लागेका हुन्। स्रोतका अनुसार बिहान पौने १० बजेतिर नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। तीन-चार-घण्टा नेपालमा रहँदा राजा जिग्मेले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने बताइएको छ। ​उनी त्रिभुवन विमानस्थलबाट सिधै स्वयम्भूको दर्शनका लागि जानेछन्। त्यसपछि उनी बौद्धनाथ जानेछन्।

यो भ्रमण राजनीतिकभन्दा पनि ‘धार्मिक र नितान्त व्यक्तिगत’ भएको बताइएको छ। त्यसैले नेपालमा रहँदा कसैसँग औपचारिक भेटघाटको कार्यक्रम नरहेको बताइएको छ।

दुवै ठाउँको दर्शनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी आफ्नो देश भुटान फर्किने कार्यक्रम रहेको स्रोतले जनाएको छ। भुटानी राजा नेपाल आउने भएपछि बुधबारदेखि नै विमानस्थलको सुरक्षाकडा बनाइएको छ।

गत असोजमा घटस्थापनाका दिन पूर्वराजा ज्ञानेन्द्र शाहले परिवारका केही सदस्यहरूसहित भुटानको भ्रमण गरेका थिए। भ्रमणका लागि भुटानका राजा जिग्मेले नै पूर्वराजपरिवारलाई थिम्पु भ्रमणको निम्तो दिएका थिए।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।