हामीसँग जोडिनुहोस

एनपीएलमा कर्णाली याक्सको पहिलो जीत

1 मिनेट

२१ मंसिर,काठमाण्डौ।

नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजलाई ६ विकेटले हराउँदै  कर्णाली याक्सले पहिलो जित हात पारेको छ।

१३१ रनको लक्ष्य पाएको कर्णालीले ४ विकेट गुमाउँदै भेट्टाएको हो। कर्णालीका लागि शिखर धवन ४५, देव खनाल २५, चाडविक वाल्टन ३० रन र अर्जुन घर्तीले ११ रन योगदान दिए भने जिसन मक्सुदले १२ रनमा अविजित रहे।

चितवनका  लागि कप्तान मल्ल, जन निकल लफ्टी र रवि बोपराले एक एक विकेट लिए।टस हारेर ब्याटिङमा उत्रिएको चितवनका लागि रवि बोपराले ५९ रनमा अविजित रहे भने शरद भेषवाकर ३ बलमा ६ मा अविजित रहे।त्यस्तै, कप्तान कुशल मल्ल २७, विपिन रावल ११, जन निकल लफ्टी नौ, जन निकल लफ्टी र अमरसिंह रौटेला नौ, दिपक बोहरा  आठ, लुक बेन्केस्टाइन र सोहेल तानविर शून्य, बनाएर आउट भए।

कर्णालीका लागि विपिन शर्मा तीन, जिसन मक्सुद दुई, सोमपाल कामी र  नन्दन यादवले समान एक एक विकेट लिए।चितवन एनपीएलमा अपराजित यात्रा कर्णालीले रोकिदिएको छ। तीन खेलबाट चार अंक जोडेको चितवन तालिकाको तेस्रो स्थानमा छ। यसअघि चितवनले काठमान्डु गुर्खाजलाई पाँच विकेट र पोखरा एभेन्जर्सलाई ८७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

कर्णाली भने जितविहीन थियो। दुवै खेल हारेको कर्णाली एनपीएलमा पहिलो जित हात पारेको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।