हामीसँग जोडिनुहोस

शिक्षकहरुको तलब मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन स्थानीय तहरुमालाई परिपत्र

1 मिनेट

२१ मंसिर,काठमाण्डौ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकहरूको तलब भत्ता मासिक भुक्तानीको व्यवस्था गर्न स्थानीय तहहरूलाई परिपत्र गरेको छ ।

‘शिक्षा ऐन, नियमावली तथा प्रचलित कानुनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्था’ आवश्यक जानकारी तथा कार्यार्थ भन्दै मन्त्रालयले स्थानीय तहहरूलाई परिपत्र गरेको हो ।यसअघि शिक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रकाशन मन्त्रालयलाई शिक्षा ऐन, नियमावली तथा प्रचलित कानुनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहमा परिपत्र गर्न भन्दै पत्र पठाएको थियो । शिक्षा मन्त्रालयले गत सोमबार पठाएको पत्र अनुरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूलाई मासिक रूपमा तलब निकासा गर्न स्थानीय तहहरूमा ताकेता गर्दै आएको थियो । देशभरका ७५३ वटै पालिकालाई सूचना जारी गर्दै केन्द्रले शिक्षकको तलब मासिक रूपमा भुक्तानी हुने व्यवस्था मिलाउन केन्द्रले भन्दै आएको थियो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।