हामीसँग जोडिनुहोस

एनपीएलमा लुम्बिनीको लगातार तेश्रो हार, सुदूरपश्चिम ४५ रनले विजयी

1 मिनेट

काठमाण्डाै,२२ मंसिर ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले हराएको छ । सुदूरपश्चिमको लगातार यो तेश्रो जीत हो भने लुम्बिनीको लगातार तेश्रो हार हो ।

सुदूरपश्चिमले दिएको एक सय ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४२ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि सबैभन्दा धेरै विवेक यादवले अविजित ७७ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यस्तै सन्दीप जोराले २० रन बनाए । सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेन र सैफ अली जैबले समान तीन विकेट लिए । स्कट कुगेलेइनले दुई विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा चार विकेट गुमाएर एक सय ८७ रन बनायो । सुदूरपश्चिमका सेफ जेबले ९०, कप्तान दीपेन्द्रसिंह ऐरीले १९ बलमा नटआउट ३९ रन बनाए । लुम्बिनीका रमोन सिमोन्ड्सले दुई विकेट लिए ।

लगातार तेश्रो खेल जितेको सुदूरपश्चिमले तीन खेलमा छ अङ्कसहित तालिकाको शीर्ष स्थानमा कायम छ । खाता खोल्न नसकेको लुम्बिनी पुछारमा छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।