काठमाडौं, २६ मंसिर।
सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालतमा पेस गरिँदै छ । यसअघि अदालतले दिएको ४ दिनको म्याद सकिएपछि लामिछानेलाई कास्की जिल्ला अदालतमा पेस गर्न लागिएको हो ।
कात्तिक २ गते काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ परेका उनलाई सोही दिन कास्की पुर्याइएको थियो । त्यसयता लामिछानेमाथि विभिन्न जिल्लाका सहकारी ठगी सम्बन्धी कसुरमा अनुसन्धानका लागि बयानका लागि पुर्याइएका छन्।रुपन्देही, चितवन, काठमाडौंपछि उनलाई पर्सा लगिएको छ । बयानका लागि सोमबार बेलुका पर्सा पुर्याइएका लामिछानेको मंगलबार बयान लिइएको थियो । जिल्ला सरकारी वकिल कार्यालय, पर्सामा रविसँग बयान लिएको थियो । सरकारी वकिलको रोहवरमा दिनभर बयान लिइएक थियो ।