हामीसँग जोडिनुहोस

नेपाल प्रिमियर लिगको दोस्रो खेलमा विराटनगरद्वारा चितवन पराजित

1 मिनेट

काठमाडौं,२८ मंसिर। 

नेपाल प्रिमियर लिगको आजको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गरेको छ। १८२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको चितवनले ६ विकेट गुमाएर जम्मा १३० रन बनाएको हो।

चितवनका लागि  अमर रटौला ४२,  सन्तोष कार्की २८, कुशल मल्ल २५, रवि बोपरा २०, हसन एइसाखेल ५, बसिल हमिद एक रन बनाएर आउट भए भने दिपक बोहरा र सोहेल तान्विर क्रमश २ र १ मा  अविजित रहे।

विराटनगरका लागि कप्तान सन्दिप लामिछानेले दुई, क्रिश शोल, बसिर अहमद, सुवास भण्डारी र लोकेश बमले एक एक विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १८१ रन जोड्यो।

विराटनगरका लागि बसिर अमहदले ६८ रन र राजेश पुलामी मगरले ३३ रनको अविजित पारी खेले। मार्टिन गप्टिल ४५, निकोलस किर्तन ८,दिपक बोहरा ४ रनमा आउट हुँदा लोकेश बम र स्कर्ट एडवार्ड शून्यमा आउट भए।

चितवनका लागि  रिजन ढकाल २, सोहेल तान्विर, कुशल मल्ल र बसिल हमिदले समान एक एक विकेट लिए।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।