हामीसँग जोडिनुहोस

नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार दुई खेल हुँदै

1 मिनेट

काठमाडौं,२९ मंसिर ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार दुई खेल हुँदैछ। चारमध्ये तीन टिमले आफ्नो महत्त्वपूर्ण खेल खेल्नेछन्।त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गुर्खाज भिड्नेछन्। प्लेअफ सम्भावनालाई जीवित राख्न दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण हुनेछ।

अंक तालिकामा काठमाण्डु पोखराभन्दा एक स्थान अगाडि छ।  पाँच खेलमा तीन हार र दुई जित निकालेका दुवै टिमको समान ४-४ अंक छ।पोखराविरूद्धको खेलमा जित निकाल्न सके काठमाण्डुको ६ अंक हुनेछ र तालिकाको चौथो स्थानमा रहेको चितवन राइनोजसँग समान अंक बनाउनेछ। उसले अन्तिम खेल विराटनगरसँग खेल्नेछ।

दोस्रो खेलमा चितवन राइनोजले प्लेअफमा पुगिसकेको जनकपुर बोल्ट्सको सामना गर्दैछ। तालिकाको चौथो स्थानमा रहेको चितवनलाई पनि प्लेअफ सम्भावना जीवित राख्न शनिबारको खेल महत्त्वपूर्ण हुनेछ। उसको यो अन्तिम खेल हो।

यद्यपि लिगमा बलियो सावित जनकपुर उसका लागि कम चुनौतीपूर्ण छैन। यो खेलमा चितवन पराजित भए थप एक खेल बाँकी हुने टिम काठमाडौं र पोखरामध्येको एकलाई फाइदा पुग्नेछ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।