हामीसँग जोडिनुहोस

काठमाडौं महानगरद्वारा १० जना स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कार

1 मिनेट

२९ मंसिर,काठमाडौँ। 

काठमाडौं महानगरपालिकाले ३० औँ वार्षिकोत्सवका अवसरमा १० स्रष्टालाई जनही एक लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको छ । शनिबार टुँडिखेलमा कामपाद्वारा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, महानगर प्रमुख बालेन्द्र शाह ९बालेन०, उपप्रमुख सुनीता डंगोललगायत अधिकारीको सहभागितामा चित्रकार किरण मानन्धरसहित १० जनालाई सम्मान गरिएको हो ।

लोकगायन क्षेत्रबाट कुमार बस्नेत, चित्रकला क्षेत्रबाट किरण मानन्धर, स्वास्थ्य क्षेत्रबाट डा। अरुण सायमी, राजनीति र समाजसेवातर्फबाट कामपाका पूर्वप्रमुख पीएल सिंह, कलाकारिताअन्तर्गत चलचित्र क्षेत्रबाट नरेन्द्र कंसाकार, साहित्य क्षेत्रबाट मल्ल के सुन्दरलाई सम्मान गरिएको हो ।खेलतर्फ तेक्वान्दोकी संगीना वैद्य, भलिबलकी प्रतिभा माली र क्रिकेटका ज्ञानेन्द्र मल्ल सम्मानित भएको कामपाले जनाएको छ । सम्मानित व्यक्तित्वलाई नगद एक लाख ५० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिएको हो ।

समारोहमा कामपाका ३२ वटै वडाले आ–आफ्नो सांस्कृतिक झाँकी, महानगर प्रहरी बलको कवाज, खेलका साथै कामपाले सहरी सेवा तथा सुविधा वितरण र सहरी व्यवस्थापनका निम्ति प्रयोग गरिने साधन र उपकरणको प्रदर्शन गरेको थियो । दमकल, एम्बुलेन्स, सडक सफा गर्ने ब्रुमर, फोहोर संकलन गर्ने सवारीलगायत उपकरण प्रदर्शन गरिएको थियो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।