एजेन्सी,२९ मंसिर।
दक्षिण कोरियाको संसदले शनिवार राष्ट्रपति युन सुक–योलको मार्शल ल घोषणाविरुद्धको दोस्रो महाभियोग प्रस्ताव पारित गरेको छ।
एक हप्ता अघि खारेज गरिएको पहिलो महाअभियोग प्रस्ताव दोस्रोपटक पारित भएको हो।
ऐतिहासिक पूर्ण बैठकमा एक सदनात्मक राष्ट्रियसभाका ३०० सांसदमध्ये २ सय ४ जनाले पक्षमा र ८५ जनाले विपक्षमा मतदान गरेका थिए भने तीन जना अनुपस्थित रहे भने आठ जनाको मत बदर भएको थियो।
गत शनिवार सत्तारुढ १०८ जनशक्ति पार्टीका अधिकांशले संसदीय हलबाट बाहिरिएर मतदान गर्न अस्वीकार गरेपछि पहिलो महाभियोग प्रस्ताव अमान्य भएको थियो। संसदीय स्वीकृतिसँगै संवैधानिक अदालतले १८० दिनसम्म महाभियोगको विचार गर्नेछ। जसको अवधिमा युनको संवैधानिक शक्ति निलम्वित हुनेछ र प्रधानमन्त्री हान डक–सू कार्यवाहक राष्ट्रपति हुनेछन्।
सिन्ह्वाका अनुसार यदि अदालतले महाभियोगलाई समर्थन ग¥यो भने ६० दिनभित्र राष्ट्रपतिको चुनाव हुनेछ।