
काठमाडौं,३० मंसिर ।
नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आइतबार पनि जारी रहने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १२ बजे शुरु हुनेछ ।
गत बुधबार शुरु भएको बैठकमा अहिलेसम्म १८ नेताले धारणा राखेका छन्। बैठकमा हिजोसम्म पार्टीको कार्यादेशसम्बन्धी छलफल भएको थियो। आज केन्द्रीय सदस्यको कार्यविभाजनसम्बधी छलफल शुरु हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
अन्य पदाधिकारीले धारणा राखिसकेकाले अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेताहरू बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसालसहित ८ जनाले विचार राख्ने तय भएको छ।
बैठकमा मुख्यगरी पार्टीको आगामी कार्ययोजना, पाटीलाई सुदृढीकरण गर्ने, राजनीतिक तथा भू-राजनीतिक चुनौतीको सामना गर्नेलगायत विषयमा छलफल भइरहेको छ । बैठक शनिबार नै सक्ने भनिए पनि नेताहरुले बोल्ने क्रम नसकिएकाले आइतबार पनि जारी रहने प्रवक्ता खतिवडाले जानकारी दिए।