हामीसँग जोडिनुहोस

एनपीएलमा विराटनगरलाई काठमाण्डौले एक विकेटले हरायो

1 मिनेट

३० मंसिर,३० मंसिर ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डौ गुर्खाजले विराटनगर किङ्ग्सलाई एक  विकेटले हराएको छ । विराटनगरले दिएको एक सय १८ रनको लक्ष्य पछ्याएको काठमाण्डौले १८ ओभर एक बलमा नौ विकेट गुमाएर भेटायो ।

काठमाण्डौका प्रतिक श्रेष्ठले सबैभन्दा धेरै ३९ रन बनाए । विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । यस्तै अनिल खरेल, बसिर अहमद र क्रिस सोलले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगरले १९ ओभर पाँच बलमा सबै विकेट गुमाएर एक सय १७ रन बनायो । विराटनगरका लागि राजेश पुलामी मगरले सबैभन्दा धेरै २५ रन बनाए । काठमाण्डौका गेराल्र्ड इरासमसले तीन विकेट लिए । यस्तै दिपेश कँडेलले दुई विकेट लिए । शाहव आलम, करन केसी र डन डाउथवेटले समान एक विकेट लिए ।

यो जीतसँगै काठमाण्डौले प्लेअफ सम्भावना कायमै राखेको छ । भोलि सोमवार कर्णाली र सुदूरपश्चिमबीचको खेलमा कर्णालीको फराकिलो हार भएमा काठमाण्डौले प्लेअफमा स्थान बनाउँनेछ । यसअघि लुम्बिनी लायन्स, विराटनगर, पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।