हामीसँग जोडिनुहोस

पुस महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक

1 मिनेट

काठमाण्डौ,३० मंसिर।

पुस महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । भोलि पुस १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरिएको हो । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये तीन वटा वाणिज्य बैंकले ब्याजदर बढाएका छन् भने तीन वटाले घटाएका छन् । बाँकी १४ वटा वाणिज्य बैंकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

ब्याजदर बढाउने बैंकहरुमा कृषि विकास बैंक, एनएमबी बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् भने घटाउनेमा नेपाल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंक रहेका छन् । मंसिरको तुलनामा पुसमा वाणिज्य बैंकहरुको औसत ब्याजदर ०.०५ प्रतिशत विन्दुले बढेको देखिन्छ । यो मंसिर महिनामा वाणिज्य बैंकको एक वर्षे मुद्दती निक्षेपको ब्याजदर औसत ५.९७ प्रतिशत रहेको थियो ।

पुसमा ०.०५ प्रतिशत बिन्दुले बढेर ६.०२ प्रतिशत बिन्दुमा पुगेको बैंकहरुले प्रकाशित गरेको ब्याजदर तालिकामा उल्लेख छ । राष्ट्र बैंकको निर्देशन अनुसार आउने महिनाका लागि बैंक तथा वित्तीय संस्थाले यो महिनाको मसान्तअघि नै ब्याजदर प्रकाशित गर्नुपर्छ । प्रकाशित ब्याजदर एक महिनासम्म परिमार्जन गर्न पाइँदैन ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।