हामीसँग जोडिनुहोस

एसीसी अन्डर–१९ महिला कपमा नेपालले आज पाकिस्तानसँग भिड्दै

1 मिनेट

काठमाडौं,१ पुष ।

मलेसियामा हिजोदेखि सुरु भएको  एसीसी अन्डर–१९ महिला एसिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्ने छ।खेल नेपाली समय अनुसार विहान पौने १२ बजे मलेसियाको बायुमास ओभलमा हुनेछ।  आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई ९ विकेटले हराएको थियो।

समूह बीमा रहेको भारतले शानदार सुरुवात गरेको छ। नेपाली महिला टोली पहिलो पटक एसिया कप खेल्न लागेको हो। आजको खेल जित्दै नेपाल विजयी सुरुवात गर्न चाहन्छ भने पाकिस्तान भने भारतसँगको हारको बदला लिन चाहन्छ।

एसियाकप खेल्न नेपाली टोली गत शुक्रबार मलेसिया प्रस्थान गरेको थियो। महेन्द्रप्रसाद रिजालको प्रशिक्षणमा रहेको नेपाली युवा टोलीको कप्तानी पूजा महतोले गर्ने छिन् भने टिमको उपकप्तानको जिम्मेवारी सोनी पाख्रिनलाई दिइएको छ।

एसियाका ६ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह एमा बंगलादेश, मलेसिया र श्रीलंका छन्। समूह ए अन्तरगत आजै बंगलादेशले श्रीलंकासँग खेल्ने छ। खेल विहान सवा ७ बजे सुरु हुनेछ।

नेपालले पुस २ मा भारतको सामना गर्नेछ। दुवै समूहका शीर्ष २ टोली सुपर फोरमा प्रवेश गर्ने छन्।  सिङ्गल राउन्ड रोविनका आधारमा खेलिने सुपर फोरका शीर्ष २ टोलीबीच फाइनल हुने छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।