हामीसँग जोडिनुहोस

एनपीएलमा आज कर्णाली र सुदूरपश्चिम खेल्दै

1 मिनेट

काठमाडौं,१ पुष ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा समूह चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे खेल हुनेछ ।यसअघि हिजोको खेलमा पोखरालाई हराउँदै सुदूरपश्चिम नेपाल प्रिमियर लिगको प्लेअफमा पुगेको छ । पोखरा यसअघि नै प्लेअफ पुग्नबाट बाहिरिसकेको छ । आज कर्णाली र सुदूरपश्चिमबीचको खेलमा कर्णालीको फराकिलो हार भएमा काठमाण्डौले प्लेअफमा स्थान बनाउनेछ ।

लुम्बिनी लायन्स, विराटनगर किङ्ग्स, पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिसकेका छन् । आठ टोलीमध्ये जनकपुर प्ले अफमा पुगिसकेको छ । शीर्ष चारमा पुग्न चितवन, काठमाण्डौ र कर्णाली गरी तीनवटा टोलीबीच प्रतिस्पर्धा छ ।सुदूरपश्चिम छ खेलमा १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । जनकपुर बोल्ट्स सात खेलमा १० अङ्कसहित तालिकाको दोश्रो स्थानमा छ । समान सात खेल खेलेको चितवन आठ अङ्कसहित तेश्रो स्थानमा छ ।

छ खेलमा आठ अङ्कसहित कर्णाली चौथो स्थानमा छ भने सात खेल खेलेको काठमाण्डौ आठ अङ्कसहित पाँचौँ स्थानमा छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।