हामीसँग जोडिनुहोस

पेट्रोलको भाउ बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

1 मिनेट

काठमाडौं,१ पुष ।

। नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको हो ।यस्तै डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले घटेको छ । योसँगै हिजो भएको निगम सञ्चालक समितिको निर्णयअनुसार आजदेखि काठमाडौँ, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोल हाल्दा प्रतिलिटर १६२ रुपैयाँ तिर्नुपर्छ । यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, सुर्खेत र दाङ डिपो अन्तर्गतको क्षेत्रमा पेट्रोल १६१ रुपैयाँ र डिजेल तथा मट्टितेल १५० रुपैयाँ कायम भएको छ । बाँकी क्षेत्रमा पेट्रोल १५९।५० रुपैयाँ र डिजेल मट्टितेल १४८।५० रुपैयाँ पर्ने निगमले जनाएको छ ।

ट्रेण्डिङ