हामीसँग जोडिनुहोस

एनपीएल क्रिकेटको विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने

1 मिनेट

२ पुस, काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विज्ञप्ति निकालेर पुरस्कार रकम घोषणा गरेको हाे । क्यानका अनुसार विजेताले एक करोड १० लाख, उपविजेताले ५१ लाख, तेस्राे हुनेले २५ लाख र चौथो हुने टाेलीले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

क्यानकाे आयाेजनामा भइरहेकाे एनपीएलकाे पहिलाे संस्करणमा आठ वटा टाेली सहभागी भएकामा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र कर्णाली याक्स एनपीएलको प्लेअफमा पुगेका छन् ।

भोलि इलिमिनेटरमा बिहान ९ बजे तेस्रो स्थानको चितवन र चौथो स्थानको कर्णाली खेल्नेछन् । यो खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ ।

भोलि नै दिउँसो १ बजे पहिलो क्वालिफायरमा शीर्ष स्थानको सुदूरपश्चिम र दोस्रो स्थानको जनकपुरबीच खेल हुनेछ । यो खेलको विजेता सीधै फाइनलमा पुग्नेछ भने हार्ने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।

दोस्रो क्वालिफायर खेल पर्सि बिहीवार दिउँसो १२ बजे हुनेछ । यो खेलको विजेता फाइनलमा पुग्नेछ भने हार्ने टोलीको विजेता बन्ने सम्भावना समाप्त हुनेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।