२ पुस, काठमाडौं ।
नेकपा एकीकृत समाजवादीले २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । पार्टीको पछिल्लो पटक बसेको स्थायी समिति बैठकले २४ सदस्यीय सचिवालय गठन गरेको हो ।
जसमा अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
जसमा अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । सचिवालयमा केन्द्रीय अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेताहरू, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित गरेर २४ जना हुनेछन् ।
एकीकृत समाजवादीले पहिलोपटक सचिवालय गठन गरेको हो । यसअघि पदाधिकारीको टिममा उपमहासचिवसम्मका नेताहरू सहभागी थिए । अब सचिवहरूसहित २४ सदस्यीय समिति सचिवालय बनाइएको हो ।