हामीसँग जोडिनुहोस

लोसपामा ६ जना केन्द्रीय सदस्य थपिए

1 मिनेट

काठमाडौँ,४ पुष ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समितिमा थप ६ जनालाई मनोनीत गरेको छ । ३४७ सदस्यीय केन्द्रीय समितिमा हिजो विभिन्न जिल्लाका आठ जनालाई मनोनीत गरेर केन्द्रीय समिति ३५५ सदस्यीय बनाइएको थियो । सो पार्टीले बिहीबार ६ जना थप गरेर ३६१ सदस्यीय केन्द्रीय समिति बनाएको छ । संविधानमा ४०१ सदस्यीय केन्द्रीय समितिको व्यवस्था छ ।

बिहीबार मनोनीत हुनेहरूमा महोत्तरीका सेवल महरा, ललितपुरका जमुना केसी झा, काठमाडौँका गीता श्रेष्ठ, सर्लाहीका ललिन्द्रकुमार राय र रामहरि तिवारी तथा बाराका फिरोज रहेका छन् ।

त्यसैगरी लोसपा नेपालले विभिन्न भातृ सङ्गठनका लागि संयोजक चयन गरेको छ । लोकतान्त्रिक युवा सङ्घको संयोजकमा सर्लाहीका भिनुकलाल राय, लोकतान्त्रिक महिला सङ्घको संयोजकमा पर्साका मिनु ठाकुर, लोकतान्त्रिक महिला संघ मधेश प्रदेशको संयोजकमा महोत्तरीका गितादेवी दास र लोकतान्त्रिक ट्रेड युनियन सङ्घको संयोजकमा धादिङका केशवराज अधिकारीलाई चयन गरेको छ ।

लोसपा नेपाल महाधिवेशनको तयारीमा जुटेको छ । वैशाख २६ गते हुने भनिएको पार्टीका पहिलो महाधिवेशनका लागि नेता तथा कार्यकर्तामा त्यसमा जुटेका छन् । सङ्गठन विस्तारका साथै सदस्यता वितरणको अभियानलाई तीव्रता दिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।