हामीसँग जोडिनुहोस

१९ वुमन्स एसिया कप क्रिकेटमा नेपालले आज बंगलादेशसँग सुपर–४ को अन्तिम खेल खेल्दै

1 मिनेट

काठमाडौं,५ पुष। 

मलेसियामा जारी यु–१९ वुमन्स एसिया कप क्रिकेटमा नेपालले आज बंगलादेशसँग सुपर–४ को अन्तिम खेल खेल्दैछ।

भारत र श्रीलंकाबिचको खेल वर्षाका कारण रद्द भएसँगै नेपालले ४ अंक जोडेको छ। तीन खेलबाट चार अंक जोडेको छ। तीन खेलमा समान चार अंक भएको बं्रगलादेशले पनि तीन खेल खेलेको छ। आज बंगलादेशलाई पराजित गरे नेपालले फाइनलमा स्थान सुरक्षित गर्नेछ।

जारी प्रतियोगितामा भारतले भने फाइनमा स्थान सुरक्षित गरिसकेको छ।

सुपर–४ मा नेपालसहित भारत, बंगलादेश र श्रीलंका छन् । भारत ५ अंकसहित पहिलो, बंगलादेश ४ अंकसहित दोस्रो, समान ४ अंकसहित नेपाल तेस्रो र ३ अंकसहित श्रीलंका चौथो स्थान छ। पहिलो र दोस्रो स्थानमा रहने टोलीले फाइलन खेल्नेछन्।

आजको खेलमा पराजित भएमा या खेल रद्द भएमा नेपाल फाइनल पुग्न असफल हुनेछ। समूह चरणमा भारतसँग अंक बाडेको नेपालले पाकिस्तानलाई ३ विकेटले पराजित गरेको थियो।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।