हामीसँग जोडिनुहोस

नेपाल र एडिबीबीच १ खर्ब ५ अर्ब ५९ करोड बराबरको ऋण तथा अनुदान सम्झौता

2 मिनेट

काठमाडौँ,५ पुष ।

नेपाल र एडिबीबीच तीनवटा आयोजना र एक कार्यक्रम कार्यान्वयनका लागि १०५ अर्ब ५९ करोड बराबरको ऋण तथा अनुदान सम्झौता भएको छ।

शुक्रबार सिंहदरबारस्थिति अर्थ मन्त्रालयमा नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच तीनवटा आयोजना र एक कार्यक्रम कार्यान्वयनका लागि ७७७.६ मिलियन अमेरिकी डलर ( १०५ अर्ब ५९ करोड) बराबरको ऋण तथा अनुदान सम्झौता भएको हो।

सम्झौता पत्रमा नेपालको तर्फबाट अर्थ मन्त्रालयमा सचिव डा. रामप्रसाद घिमिरे र एडिबीको तर्फबाट नेपाल निवासी नियोगका देश निर्देशक अर्मान्ड काउचोइसले हस्ताक्षर गरेका हुन्। नेपाल र एडीबीबीच सिंचाई आधुनिकीकरण अभिवृद्धि परियोजना, हरियो, लचिलो र समावेशी विकास कार्यक्रम, काठमाडौं उपत्यका खानेपानी सुधार परियोजना (फेज २), र दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग विद्युत प्रशारण र वितरण सुदृढीकरण परियोजनाका लागि सम्झौता हस्ताक्षर भएको छ।

काठमाडौं उपत्यका खानेपानी सुधार परियोजना (फेज २), दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग (एसएएसईसी) विद्युत् प्रशारण तथा वितरण सुदृढीकरण परियोजना र हरित, लचिलो र समावेशी विकास (ग्रिड) कार्यक्रम कार्यान्वयनका लागि पनि वित्तीय सम्झौतामा भएको छ। कार्यक्रममा बोल्दै अर्थ सचिव डा. रामप्रसाद घिमिरेले एडिबीको निरन्तर सहयोग र साझेदारीको लागि धन्यवाद व्यक्त गरे। काठमाडौं उपत्यका खानेपानी सुधार परियोजना (चरण २) आयोजना लागत २४ करोड अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ ३२ अर्ब ५९ करोड एडीबीले १५ मिलियन अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ २ अर्ब ३ करोड बराबर अनुदान र १७ करोड अमेरिकी डलर सहयोग गर्ने सम्झौतामा उल्लेख गरे।

उनले सम्झौताले  सिंचाई प्रणाली, जल सुरक्षा र कृषिमा सुधार मात्र नभई नेपालको सबैभन्दा बढी प्रभावित समुदायमा जलवायु प्रतिरोधी क्षमतालाई सुदृढ पार्ने र योगदान पुर्‍याउने कुरामा जोड दिनुभयो। उहाँले दिगो विकास लक्ष्यहरू हासिल गर्न, आयोजनालाई समयमै र प्रभावकारी रूपमा कार्यान्वयन गर्न कार्यान्वयन गर्ने निकायलाई अपेक्षित नतिजा सुनिश्चित गर्न आग्रह गरे।

सम्झौतामा २३.८ बिलियन डलर सहुलियत ऋण, समृद्धिका लागि जापान कोष र रिसिलियन्ट एसिया एण्ड प्यासिफिक (आईएफपीआर) ले ३० मिलियन अमेरिकी डलर (४०७.४६ मिलियन बराबर) अनुदान सहयोग गर्ने र नेपाल सरकारले यसका लागि ५२ मिलियन अमेरिकी डलर (७ अर्ब ६ करोड बराबर) सहयोग गर्ने भएको हो। मेलम्ची इन्टेकको स्थानान्तरण र निर्माण, लामो सुरुङ निर्माण र सुन्दरीजल जल प्रशोधन केन्द्रको विस्तार लगायतका कामहरू काठमाडौं उपत्यकाका जनतालाई सुरक्षित र भरपर्दो खानेपानी सेवा उपलब्ध गराउने परियोजनाको लक्ष्य रहेको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।