काठमाण्डौ, पुष १२।
न्याय परिषद्ले उच्च अदालत, विशेष अदालत र जिल्ला अदालतका २५ न्यायाधीशको सरूवा गरेको छ । परिषद्का अनुसार उच्च अदालतका ८ न्यायाधीशको सरूवा सिफारिस भएको छ ।
यस्तै एक न्यायाधीशको काज सरुवा सिफारिस भएको छ । त्यस्तै १६ जिल्ला न्यायाधीशको सरूवा सिफारिस भएको छ ।
न्याय परिषदका प्रवक्ता अशोक क्षेत्रीका अनुसार उच्च अदालत पाटनमा दरबन्दी रही विशेष अदालत काठमाडौँमा कार्यरत न्यायाधीश खुशीप्रसाद थारुलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरजंगमा सरुवा गरिएको छ। विशेष अदालतको रिक्त पदमा उच्च अदालत पाटनका न्यायाधीश विदुर कोइरालालाई सरुवा गर्न सिफारिस गरेको छ।
परिषदले उच्च अदालत पाटनमा दरबन्दी भइ राजश्व न्यायाधीकरण काठमाडौँमा कार्यरत न्यायाधीश रमेश ढकाललाई उच्च अदालत तुलसीपुर बुटवलमा पदस्थापन गर्न प्रस्ताव गरेको छ। उच्च अदालत दिपायलमा रहेका न्यायाधीश डालकुमार खड्कालाई उच्च अदालत पाटनमा ल्याइने भएको छ।
त्यस्तै परिषदले जिल्ला अदालतका न्यायाधीशहरुको पनि सरुवाका लागि सिफारिस गरेको छ। जिल्ला अदालत अछामका न्यायाधीश प्रकाश ढुंगानालाई पर्वत, बाजुरा जिल्ला अदालतमा दरबन्दी भइ सर्वोच्च अदालतमा हाजिर गर्दै आएका न्यायाधीश लालकाजी श्रेष्ठलाई मनाङ जिल्ला अदालतमा पठाइएको छ।