हामीसँग जोडिनुहोस

पुस २२ गतेभित्र ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गर्न निर्देशन

1 मिनेट

काठमाण्डौ,  पुष १२।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ११ र १२ का विद्यार्थीहरूको विवरण अद्यावधिक गराउन निर्देशन दिएको छ । देशभरका ७५३ वटै पालिकालाई पत्राचार गर्दै पुस २२ गतेभित्र कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूको विवरण अनलाइनमार्फत अद्यावधिक गराउन भनेको हो ।

केन्द्रको एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा विद्यार्थीहरूको विवरण अद्यावधिक गराउनुपर्ने केन्द्रले जनाएको छ । यसअघि गत असार २४ गते सूचना जारी गर्दै साउन ७ गतेभित्र विवरण अध्यावधिक गराउन भनेको थियो । सो अवधिमा कक्षा ११ र १२ को भर्ना प्रक्रिया सम्पन्न नभएका कारण उक्त कक्षाका विद्यार्थीहरूको विवरण अद्यावधिक हुन सकेको थिएन । त्यसका लागि समय थप गर्न विद्यालय एवं स्थानीय तहले अनुरोध गरेका थिए ।विवरण अद्यावधिक गराउँदा ट्रान्सफर गर्न बाँकी विद्यार्थीलाई प्रणालीमार्फत विद्यार्थीको रेकर्ड मेनुको विद्यार्थी ट्रान्सफरबाट स्थानान्तरण भएको विद्यालयमा स्थानान्तरण गर्न भनेको छ ।

वैकल्पिक शिक्षा प्रणालीबाट भर्ना हुन आएका, बिचमा विद्यालय छोडी भर्ना हुन आएका, विगत वर्षमा प्रणालीमा विवरण अभिलिखित नभएका, विदेशी नागरिकका बालबालिका विद्यार्थीहरूको विवरण विद्यालयमा प्रविष्ट गर्ने कार्यमा सहजीकरण गर्न समेत भनेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।