१३ पुस, काठमाडौं ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बाँकेको नेपालगञ्जमा निर्माणाधीन विमानस्थलको निरीक्षण गरेका छन् ।शनिबार अछामको कलमबजारमा रहेको विमानस्थल परीक्षण उडानका क्रममा नेपालगञ्ज पुगेका मन्त्री पाण्डेले उक्त विमानस्थलको समेत निरीक्षण गरेका हुन् ।
मुख्य निर्माण कम्पनीको रूपमा रहेको शर्मा एन्ड कम्पनीले २०७९ माघदेखि निर्माण कार्य थालेको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर विमल पौडेलले जानकारी दिए ।मन्त्री पाण्डे आजै अछामको कमलबजारमा रहेको विमानस्थल परीक्षण उडानमा सहभागी भएर काठमाडौं फर्किएका छन् ।