हामीसँग जोडिनुहोस

मध्यपुर महेत्सव –२०८१ सुरु

काम गर्ने इच्छा भए ठाउँ र अवसर प्रशस्त छन् : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंह

5 मिनेट
भक्तपुर, १२ पुस : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले काम गर्ने इच्छा भए स्वदेशमै ठाउँ र अवसर प्रशस्त रहेको बताउनु भएको छ ।
आज मध्यपुर महोत्सव–२०८१ को बालकुमारीमा उद्घाटन गर्दै उहाँले पुर्खाले छाडेर गएका सीप, ऐतिहासिक सम्पदा, स्थानीय कला संस्कृति र उत्पादनको संरक्षण, सम्बद्र्धन र पर्यटकीय दृश्यकोणले बजारीकरण गर्न सके आर्थिक मेरुदण्ड बलियो हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, “आफू जन्मेको ठाउँको परिवेश बुझेर अपनत्व ग्रहण गर्दै यसको संरक्षण गर्ने, आफ्ना पुर्खाले छडेर गएका सीप, स्थानीय कला संस्कृति, उत्पादनको संरक्षण र व्यबसायीकरण गरे पनि आर्थिक उपार्जनका अवसरहरु यहीँ प्रशस्त भेटिन्छन् ।” मध्यपुरथिमिका मूर्तअमूर्त सम्पदाहरुको संरक्षण गर्ने, पर्यटक भित्रयाएर दखाउने, यस ठाउँलाई चिनाउने र नयाँ पिढीँलाई सिकाउनु पर्ने औल्याउदै उहाँले मध्यपुर महोत्सवले मध्यपुरथिमिको मात्रै नभई देशकै आर्थिक अबस्था उकास्ने बताउनुभयो ।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहले भन्नुभयो, “यो महोत्सवले सिंगो मध्यपुरवासीलाई मात्रै नभएर सिंगो देशवासीलाई एकैथलोमा ल्याएर नेपालको अर्थतन्त्रलाई लयमा फर्काउदै आर्थिक बिकास गर्न ठूलो टेवा पुग्छ ।” विश्वमा नेपाललाई चिनोउने यहाँका कला, संस्कृति र ऐतिहासिक सम्पदाका धरोहरहरुको प्रचारप्रसार गर्ने, पर्यटक भित्रयाउन निम्तो दिने, पर्यकटलाई आकर्षित गरेर यहाँको आर्थिक विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाले प्रकाशन गरेको राससकर्मी रत्नकृष्ण श्रेष्ठको फोटो पुस्तक हाम्रो मध्यपुरथिमिको उहाँले बिमोचन गर्नुभयो ।
कार्यक्रममा संघीय सांसदद्धय दूर्लभ थापा, सन्तोष परियार, वागमति प्रदेश सदस्य राजेन्द्रमान श्रेष्ठ, नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले मध्यपुर महोत्सव सबैको महोत्सव भएकाले यसलाई सफल पार्न सबैको उत्तकै सहयोग आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा सभापति एवं नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरको सम्पदाको संरक्षण, पर्यटन र आर्थिक विकासमा टेवा पुग्ने गरि नगरपालिकाले आयोजना गरेको महात्सवमा ५०० भन्दा बढी स्टलहरु रहेको बताउनुभयो ।
उहाँले महोत्सव भरि २५ ठाउँमा साँस्कृतिक नाच, ४५ वटा पाटीपावमा प्रतव्य रुपमा दाफा भजनको प्रस्तुती, २५ ठाउँमा बिभिन्न संस्कृति समेटेको बाजाहरु प्रर्दशनी, चपाचोमा माटोको भाडाको प्रर्दशनी, १६ ठाउँमा माटोको भाडा बनाउदै गरेको प्रतक्ष्य दृश्य अवलोकन गर्न सकिने, १०५ ठाउँमा स्थानीय घरेलु उत्पादन र हस्तकलाका सामग्रीहरु, ५० ठाउँमा स्थानीइ परिकारहरु तीन ठाउँमा अ‍ैला (रक्सि) उत्पादन र एक ठाउँमा नेवाः भ्वय अर्थात नेवारी भोजको प्रर्दशनी राखिएको बताउनुभयो ।
बिभिन्न ठाउँमा भैल, नीलबाराही नाच, जिब्रो छेड्ने जात्रा, ब्रतबन्ध र बेलबिवाहको डमी प्रर्दशन गर्नुका साथै बिभिन्न जात्रा, पर्व, सम्पदालगायतको फोटो प्रर्दशनी गरिएको छ ।
महोत्सवमा ५५ थरिका गेडागुडी, जन्मदेखि मृत्युसंस्कारसम्म आवश्यक पर्ने भ्वयः (भोज)का परिकारको प्रर्दशनी, किरात, लिच्छवी, मलकालिन मुद्राहरुको प्रर्दशनी, १५३ देशका मुद्राहरुको प्रर्दशनी लायकु दरबारमा राखिएको, लायकुमै यहाँको बिभिन्न जात्रामा प्रयोग गरिने खटहरुको प्रर्दशनी गरिएको बताउदै नगर प्रमुख श्रेष्ठले नगदेशमा तरकारी प्रर्दशनी, टिगनीमा चिउरा उत्पादन र प्रर्दशनी, परम्परागत देल, शैक्षिक एवं पुस्तक प्रर्दशनीसमेत रहेको बताउनुभयो ।
पर्यटकीयस्थल भक्तपुर, नगरकोट, चाँगुनारायणदेखि धुलिखेल जाने मुख्य नाका मध्यपुरथिमि भएपनि यहाँ पर्यटकलाई आकर्षित गर्न नसकेको भन्दै उहाँले महोत्सवले पर्यटकीय गन्तव्उ बनाउन टवा पुग्ने बताउनुभयो । महोत्सवबारे जानकारी दिदै नगरपालिकाका विभागीय प्रमुख एवं सूचना अधिकारी केशव सिलवालले २६ वर्षपछि मध्यपुरथिमि नगरपालिकाले तीनदिने ‘मध्यपुर महोत्सव–२०८१’ को आयोजना गरेको बताउनभयो ।
उहाँले शंखधर चोकको मध्यपुर छिर्ने गेटदेखि बालकुमारी, दुईपोखरी, चपाचो, नगदेश, बोडेहुदै नीलबाराही टिगनीसम्मका चोक, गल्ली, घरघरमा महोत्सवका बिभिन्न दृश्यहरु देख्न सकिने भन्दै उहाँले सिगो मध्यपुरथिमिका पुराना बस्तीहरु महोत्सवमय बनेको बताउनुभयो । २६ वर्ष अगाडिको प्रथम मध्यपुर महोत्सव तत्कालिन युवराजधिराज दिपेन्द्रबीर बिक्रम शाहले उद्घाटन गर्नु भएको र आजबाट पुस १४ गतसम्म महोत्सव चल्ने मध्यपुर महोत्सव दाश्रो महोत्सवको रुपमा रहेको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।