हामीसँग जोडिनुहोस

धरहरा पुनर्निर्माणको काम सुस्त

1 मिनेट

२४ साउन, काठमाडौं । ०७२ वैशाखको विनाशकारी भुकम्पसँगै धरहरा भग्नावशेषमा परिवर्तत भयो । भूकम्पले धरहरा ढालेको भोलिपल्टदेखि नै यसलाई उठाउने चर्चा भयो तर सुरुवात हुन ४ वर्ष लाग्यो । ७ महिना अगाडिबाट सुरुभएको धरहरा पूननिर्माणको काम सुस्त गतिमा भैरहेको छ ।
करिब २ दर्जन कामदारहरु खटिएको यसको काम धमाधम भएपनि २० प्रतिशत मात्र सकिएको प्राधिकरणका सहायक प्रवक्ता मनोहर घिमिरे बताउनुहुन्छ । केही समयअघि स्थानीय वासिन्दाले परम्परागत बाटो खुलाउनुपर्ने माग गरेपछि धरहरा निर्माणको काम अबरुद्ध भएको थियो । पैदलमार्ग खुलाउनुपर्ने र सुन्धारा संरक्षण गर्नुपर्नेलगायतका माग राख्दै स्थानीयले धरहरा निर्माण क्षेत्रमै पुगेर विरोध जनाएका थिए । धरहरा निर्माण आयोजनाले स्थानीयको अवरोधका कारण काम गर्ने वातावरण नभएको भन्दै केही दिन काम रोकेको थियो ।
धराहरा निर्माण समितिले माग सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग छलफल गरेको थियो । सहप्रवक्ता घिमिरेका अनुसार स्थानीयले उठाउँदै आएको माग प्रधानमन्त्री कार्यालयले सम्बोधन गर्ने भएको छ । छलफलमा काठमाडौं मलको बीचका पैदल मार्ग खुलाउने निर्णय भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।