हामीसँग जोडिनुहोस

बैतडीमा ४.६ म्याग्निच्यूडको भूकम्प

1 मिनेट

काठमाडौं,१६ पुष ।

बैतडीको सिगास गाउँपालिका अन्तर्गत न्वाघर क्षेत्रमा आज बिहान ७ बजेर ५४ मिनेटमा ४ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु न्वाघर क्षेत्र रहेको छ । भूकम्पको धक्का महसुस गरिएको तर क्षति भए नभकोबारे विवरण प्राप्त भएको छैन । स्थानीयवासीलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

पुस लागेपछि पश्चिम नेपालमा अहिलेसम्म आठ वटा भूकम्प गएका छन् । पुसको ६ गते बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री केन्द्रबिन्दु बनाएर पाँच दशमलव दुई म्याग्निच्यूडको भूकम्प जाँदा एक सय भन्दा धेरै घर तथा दुई वटा विद्यालयमा क्षति पुर्‍याएको छ ।

जाजरकोट, बाजुरा, बझाङ, डोटीलगायतका जिल्लामा पटक–पटक भूकम्प गइरहेका छन् । भूकम्पको पूर्वानुमान गर्न नसकिने तर पश्चिम क्षेत्र उच्च जोखिममा रहेको विज्ञहरुले बताउँदै आएका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।