काठमाडौं,१८ पुष।
बालगायक सचिन परियारको मृत्यु भएको छ। १३ वर्षीय परियारको स्वास्थ्यमा जटिल समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको बताइएको छ।
बिहीबार बिहान १० बजे परियारको निधन भएको सचिनका बुबा तेजेन्द्र परियारले जानकारी दिएका छन्।’
सचिनको उपचारमा आर्थिक समस्या परेपछि रकम संकलन गरेर उपचार थालिएको थियो।
गुल्मीका सचिन केही समय सोसल मिडियाको हरेक प्लेटफर्ममा हिट भएका थिए। उनलाई नेपालीहरूले प्रशस्तै आर्थिक सहयोग पनि गरेका थिए। तर उनका बुबा तेजेन्द्रले आर्थिक हिनामिना गरेको भन्दै सर्वत्र आलोचना पनि हुने गरेको छ।