१९ पुस, काठमाडौं ।
। त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले विभिन्न १० बुँदे माग अघि सारेर आन्दोलनको चेतावनी दिएको छ । उपकुलपति प्राडा केशरजंग बराललाई ध्यानाकर्षण पत्र बुझाउँदै तीन दिने अल्टिमेटम दिएको हो ।
संघका कार्यवाहक महासचिव अजय कुमार पौडेलले ध्यानाकर्षण पत्र दिँदै माग पुरा नभए पुस २१ गत आइतबारदेखि धर्नामा बस्ने चेतावनी दिए ।दिउँसो २ बजेदेखि ३ बजेसम्म दैनिक एक घण्टा उपकुलपति कार्यालयमा अनिश्चितकालीन धर्ना दिने चेतावनी दिएका हुन् । पहिलो चरणको आन्दोलनबाट माग सुनुवाइ नभएको खण्डमा चरणबद्ध रूपमा कडा आन्दोलन गर्ने चेतावनी संघले दिएको छ ।
संघले २०८१ वैशाख २६ गते उपकुलपति समक्ष विभिन्न मागहरू राखेको थियो । उक्त मागहरूका सम्बन्धमा केही प्रगति नदेखिएको भन्दै देशभरका प्राध्यापकहरूका समस्या समेटेर ध्यानाकर्षण पत्र दिइएको पौडेलले बताए ।