हामीसँग जोडिनुहोस

सूर्यविनायक नगरपालिकाको नगरसभाको सत्रौँ अधिवेशन सम्पन्न, बिभिन्न बिधेयकहरु पारित 

3 मिनेट
भक्तपुर, १९ पुस : सूर्यविनायक नगरपालिकाको नगरसभाको १७ औँ नगर अधिवेशनले बिभिन्न समितिले प्रस्तुत गरेको संसोधित विधेयक पारित गर्दै सम्पन्न भएको छ । नगर प्रमुख वासुदेव थापाको सभाअध्यक्षतामा प्रथम र दोश्रो गरि दुईचरणमा सम्पन्न नगर अधिवेशनले बिभिन्न समितिको प्रतिवेदन एवं बजेट कार्यान्वयनको अबस्थाबारे प्रस्तुत प्रतिवेदनमाथि बृहत छलफल गरि पारित गर्दै सम्पन्न भएको हो ।
नगरसभाको बैठकमा सभाध्यक्ष थापाले निर्णायार्थ प्रस्तुत गर्नुभएको नगरपालिकाको संस्था दर्ता (प्रथम संशोधन) विधेयक २०८१, आर्थिक कार्यबिधि नियमित गर्ने विधेयक २०८१, आर्थिक ऐन २०८१ को प्रथम संशोधन विधेयक २०८१ र नगरपालिका तथा अन्तरगतको संगठन तथा व्यबस्थापन सर्वेक्षण प्रतिवेदन २०८१ पारित गरेको छ ।
नगरसभामा नगर प्रमुख एवं सभाध्यक्ष थापाले चालु आर्थिक वर्ष २०८१÷०८२ को ६ महिनाको अबधीमा कूल बजेटको १६ दशमलभ ०१ प्रतिशत बजेट खर्च भएको बताउनुभयो । उहाँले नगरपालिकाको चालु आर्थिक वर्षको कुल बजेट १ अर्ब ४० करोड ३७ लाख २२ हजार रुपैयाँ पारित गरेकोमा ६ महिनामा नगरको कुल बजेटको ३५ करोड ८६ लाख ५० हजार रुपैयाँ मात्रै खर्च भएको बताउनुभयो । नगरपालिकाको चालु खर्चतर्फ २३ करोड ४१ लाख ९१ हजार रुपैयाँ र पूँजिगततर्फ १२ करोड ४४ लाख ५९ हजार खर्च भएको उहाँले बताउनुभयो ।
प्रमुख थापाले चालु आर्थिक वर्षको दुई महिना वर्षा, लगत्तै चाडपर्व सुरु भएकाले अपेक्षाकृत रुपमा बजेट खर्च हुन नसकेको बताउदै उहाँले चालु आर्थिक वर्षको बाँकी ६ महिना योजना कार्यान्वयनमा जाने चरणमा रहेको बताउनुभयो । उहाँले बाँकी ६ महिनामा बजेट खर्चको अवस्था सुधार हुने र आर्थिक बर्षको अन्त्यसम्ममा ९० प्रतिशत भन्दा बढी बजेट खर्च गर्दै नगरपालिकााके लक्ष्य हासिल गर्ने बताउनभयो । नगरपालिकले सवै भन्दा बढी बजेट भौतिक पूर्वाधारमा छुट्याएको छ ।
यसैगरी नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा ११ करोड ८८ लाख ५ हजार ७०३ रूपैयाँ राजस्व संकलन गरेको नगर अधिवशनमा उपप्रमख सरिता तिमसिना भट्टराईले बताउनभयो । नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ दशमलव ६० प्रतिशत रकम बढी राजस्व संकलन गरेको बताउनुभयो ।
गतआर्थिक वर्षको ६ महिनामा नगरपालिकाले ११ करोड २४ लाख ९० हजार ८५१ रूपैयाँ राजस्व संकलन गरेको बताउदै उहाँले नगरपालिकाले चालु आर्थिक वर्षमा ४३ करोड ६० लाख ७ हजार ५ सय रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको बताउनुभयो ।
उपप्रमुख भट्टराईले चालु आर्थिक वर्ष २०८१÷०८२ मा नगरसभाबाट स्वीकृत ३०३, नगर कार्यपालिकाबाट स्वीकृत ३५, संघ÷प्रदेशबाट अख्तियार प्राप्त ३१ र विपद् व्यवस्थापनका लागि नगर कार्यपालिकाबाट स्वीकृत २१ गरी जम्मा ३९० वटा योजना रहेकोमा हालसम्म १२० वटा योजनाहरु सम्झौता भई योजना अनुगमन गरी ३४ वटा योजना फरफारक गरिएको बताउनुभयो ।
नगरसभामा विधायन समितिका संयोजक प्रदीप कार्कीले आचार संहिता वाचन, नगरपालिकाको विधायन समितिको प्रतिवेदन, आर्थिक कार्यबिधि नियमित गर्ने विधेयक २०८१ लाई छलफलका लागि बैठकमा प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरि नगर उपप्रमुख एवं राजश्व परार्श समिति संयोजक एवं न्यायिक समिति संयोजक सरिता मिसिना भट्टराईले नगरपालिकाको न्यायिक समितिको र नगरस्तरीय अनुगमन तथा सुपरीवेक्षण तिवेदन सभामा प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै सार्वजनिक लेखा समिति संयोजक राजकुमार जोशीले सावजनिक लेखा समितिको प्रतिवेदन सभामा प्रस्तुत गर्नुभएको थियो । सामाजिक विकास समितिका संयोजक रबिन्द्र सापकोटाले संस्था दर्ता प्रथम संशोधन विधयक २०८१ र सामाजिक सवकास समितिको प्रतिवेदन सभामा पेश गर्नुभएको थियो ।
त्यस्तै आर्थिक विकास समितिका संयोजक पुष्पराज बस्नेतले आर्थिक विकास समितिको प्रतिवेदन, पूर्वाधार विकास समितिका संयोजक शिवराम राउतले पूर्वाधार विकास समितिको प्रतिेवेदन, वन वातावरण तथा विपद व्यबस्थापन समितिका संयोजक भगवाण खत्रीले वन वातावरण तथा विपद व्यबस्थापन समितिको प्रतिवेदन र सुशासन, सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास समिति संयोजक सानुकाजी कायस्थले सुशासन, सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास समितिको प्रतिवेदन र सार्वजनिक सम्पत्तिको विवरढा सभामा प्रस्तुत गर्नु भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।