हामीसँग जोडिनुहोस

चीनमा कोरोना जस्तै अर्को भाइरस भेटियो

1 मिनेट

काठमाडौं,२० पुष।

चीनमा पुन कोरोना भाइरस जस्तै अर्को नयाँ  भाइरस भेटिएको छ। चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का  अनुसार  नयाँ भाइरसको नाम ह्युमन मेटान्युमो भाइरस (एचएमपिभी) रहेको र यो आरएनए भाइरस भएको बताइएको छ।

भाइरस संक्रमित भएका बिरामीमा चिसो र कोभिड–१९ को जस्तै लक्षण देखिने गरेको छ। यसको सबैभन्दा बढी असर साना बालबालिकामा देखिएको सिडिसीले जनाएको छ।

सिडिसीका अनुसार २०२४ को अन्तिम साता सम्मको तथ्याङ्कले यसका  संक्रमित बढ्दै  गएका छन्।

जसमा ३०.२ प्रतिशत परीक्षणहरू फ्लु पोजिटिभ आएका छन्। यो दर अघिल्लो साताको तुलनामा ६.२ प्रतिशतले बढी हो। साथै, गम्भीर श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित १७.७ प्रतिशत बिरामीमा फ्लु पोजिटिभ पाइएको छ।

यद्यपि, तथ्यले देखाएको छ, कि एचएमपीभी अन्य फ्लु जस्ता रोगहरू (जस्तै, कोभिड-१९, राइनोभाइरस, एडेनोभाइरस) भन्दा अगाडि रहेको छ। चीनमा ६.२ प्रतिशत श्वासप्रश्वाससम्बन्धी परीक्षणहरू एचएमपिभी पोजिटिभ पाइएको छ र ५.४ प्रतिशत अस्पताल भर्ना भएका बिरामी नयाँ भाइरससँग सम्बन्धित हरेको सिडिसीले जनाएको छ।एचएमपिभीका लक्षणहरूमा खोकी, ज्वरो, टाउको दुखाइ, नाक बन्द हुने वा बग्ने समस्या समावेश छन्।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।